जेनजी आन्दोलनपछि राजीनामा घोषणा गरेका राप्रपा सांसदले तलव भने बुझे

<span class='c1'>जेनजी आन्दोलनपछि राजीनामा घोषणा गरेका</span> <span class='c2'>राप्रपा सांसदले तलव भने बुझे</span>

विराटनगर । कोशी प्रदेशमा राप्रपाका ५ जना प्रदेश सांसद र सभामुख अम्बरबहादुर विष्टले यसअघि राजीनामाको घोषणा गरेका थिए । जेनजी आन्दोलनका क्रममा विद्यार्थीमाथि गोली प्रहार भएको अनि चरम दमन भएको भन्दै भदौ २४ गते राजीनामा दिने घोषणा गरेका उनीहरुले प्रदेशसभाबाट तलव भने बुझेर दशैं मनाएका छन् । प्रदेश सभा सचिवालयका कार्यवाहक सचिव गौतम अमात्यका अनुसार सबै सांसद र उनका स्वकीय सचिवको तलब, सुविधा खातामा गइसकेको छ ।

राप्रपाका सबै सांसदले राजीनामा घोषणा गरेर तलब तथा सुविधा लिएका हुन् । असोजको तलब सुविधा उनीहरुको खातामार्फत बुझेका हुन् । राजीनामा दिएको विषय पनि संसद सचिवालयमा उनीहरुले दर्ता गरेका थिएनन् ।

‘प्रदेशको कानुन अनुसार सांसददेखि स्वकीयसम्मले तलव बुझेका हुन् । सरकारले स्वकीयले पाउँदै आएका सुविधा रोक्न कानुनमा रहेको अनुसूचीको व्यवस्था खारेज पनि गरिसकेको छैन । जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा गठित सरकारको असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने निर्णय गरेको थियो, जस अनुसार सबै सांसदका स्वकीय हटाउने उल्लेख छ ।

कोशी प्रदेश सभा सचिवालयले दिएको जानकारीअनुसार गत आर्थिक वर्षमा स्वकीयको खर्चमा ३ करोड ७४ लाख ७६ हजार ३३० रुपैयाँ बजेट गएको छ । कोशी प्रदेशमा ९३ सदस्यीय प्रदेश सभा छ ।
कोशी प्रदेशमा राप्रपाका ५ जना सांसद छन् । जसमा भक्तिप्रसाद सिटौला, सविना बजगाई, गोपालबहादुर विश्वकर्मा, निमसरी राजवंशी र प्रेमराज थामसुहाङ छन् । त्यसबाहेक अम्बरबहादुर विष्ट भने सभामुख छन् ।

यस्तै राप्रपाले कोशी प्रदेशका मात्रै नभएर सातै प्रदेशका गरी २८ जना प्रदेश सांसदको राजीनामा घोषणा गरेको थियो । कोशीमा सभामुखसहित ६ जना सांसद रहेको राप्रपाको बागमतीमा १३ जना, लुम्बिनीमा ४ जना, गण्डकीमा २ जना, मधेसमा १ जना, कर्णालीमा १ जना र सुदूरपश्चिममा १ जना सांसद छन् । बागमतीका सभामुख भुवनबहादुर पाठकले भने असोज १ गते नै राजीनामा दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्