विराटनगरस्थित इस्टर्न कलेज अफ इन्जिनियरिङमा इलेक्ट्रिकल इन्जिनियरिङ कार्यक्रम पनि सञ्चालनमा

<span class='c1'>विराटनगरस्थित इस्टर्न कलेज अफ इन्जिनियरिङमा</span> <span class='c2'>इलेक्ट्रिकल इन्जिनियरिङ कार्यक्रम पनि सञ्चालनमा</span>

विराटनगरस्थित इस्टर्न कलेज अफ इन्जिनियरिङले बिइ इलेक्ट्रिकल इन्जिनियरिङ कार्यक्रम सञ्चालनमा ल्याएको छ। चार वर्षे यो नयाँ स्नातक तहको कोर्ससँगै कलेजले प्रविधिक शिक्षामा आफ्नो दायरा अझ विस्तार गरेको छ।

सन् २५ वर्षदेखि गुणस्तरिय प्रविधिक शिक्षा प्रदान गर्दै आएको इस्टर्न कलेजले यसअघि डिप्लोमा र स्नातक तहका विभिन्न इन्जिनियरिङ कार्यक्रमहरू सञ्चालन गर्दै आएको थियो।

कलेजका प्रिन्सिपल अमित सुरनाका अनुसार, अनुभवी र दक्ष प्राध्यापकहरूको टोलीले आधुनिक प्रविधिको प्रयोगमार्फत विद्यार्थीलाई व्यवहारिक तथा गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको छ। उनका अनुसार डिप्लोमा र स्नातक तहका सबै कार्यक्रमका लागि आवश्यक पर्ने विषयगत प्रयोगशालाहरू पूर्ण रूपमा सञ्चालनमा छन्।

सुरनाले भने, “हामी व्यवहारिक ज्ञान र प्रविधि–मुखी शिक्षामार्फत विद्यार्थीलाई भविष्यको प्रतिस्पर्धात्मक बजारका लागि सक्षम बनाउने उद्देश्यका साथ काम गर्दै आएका छौं।” उनका अनुसार, विद्यार्थीहरूलाई वास्तविक क्षेत्रमा प्रयोग हुने सफ्टवेयर तालिम (ट्रेनिङ) पनि कलेजमै उपलब्ध गराइएको छ। साथै, विद्यार्थीको दक्षता अभिवृद्धिका लागि समय–समयमा शैक्षिक भ्रमण, औद्योगिक अवलोकन, सेमिनार, प्रेजेन्टेसन र टेक्निकल वर्कसपहरू आयोजना गर्दै आएको कलेजले जनाएको छ।

इस्टर्न कलेजका स्नातक विद्यार्थीहरू हाल देश तथा विदेशका विभिन्न सरकारी र गैरसरकारी संस्थामा कार्यरत छन् भने केहीले आफ्नै इन्जिनियरिङ फर्म स्थापना गरेर रोजगारी सिर्जना गर्नसमेत सफल भएका छन्। कलेजमा सिभिल इन्जीनियरिंङ , कम्प्युटर इन्जिनियरिङका साथै इलेक्ट्रोनिक, कम्यूनिकेशन तथा अटोमेशन इन्जीनियरिंङ कोर्ष पनि संचालनमा रहेको छ ।

कलेजले विद्यार्थीको समग्र विकासमा जोड दिँदै अतिरिक्त क्रियाकलापहरूलाई पनि प्राथमिकतामा राखेको छ। शान्त र सुरक्षित वातावरण, फराकिलो खेलमैदान, अत्याधुनिक उपकरणयुक्त कक्षाकोठा, सुविधा सम्पन्न भवन, प्रयोगशाला र समृद्ध पुस्तकालय यस कलेजका प्रमुख विशेषता हुन्। कलेजले ISO 9001:2025 certified college को मान्यता पनि पाएको छ ।

यसका साथै, कलेजले नियमित रूपमा प्रविधि सम्बन्धी गोष्ठी, सेमिनार, वर्कसप, परियोजना कार्य तथा प्रतियोगिताहरू आयोजना गर्दै आएको छ, जसले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सिकाइ र वास्तविक क्षेत्रको अनुभव प्राप्त गर्न सहयोग पुर्‍याएको कलेजको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्