कोशी प्रदेश सभा सञ्चालनका लागि कटहरीको कृषि भवन प्रयोग गर्ने सम्भावना

<span class='c1'>कोशी प्रदेश सभा सञ्चालनका लागि कटहरीको</span> <span class='c2'>कृषि भवन प्रयोग गर्ने सम्भावना</span>

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश सभा सञ्चालनका लागि मोरङको कटहरीस्थित कृषि भवन प्रयोग गर्ने तयारी गरेको छ । प्रदेशसभा भवन भदौ २४ गते जेनजी आन्दोलनमा आगजनी भएपछि प्रयोग विहिन भएपछि प्रदेशसभा संचालनको लागि विभिन्न ठाँउहरु खोजी कार्य भईरहेको छ ।

यसैविच विहीबार कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्की सहितको टोलीले कृषि केन्द्रको अनुगमन गरेका छन् । यस अघि प्रदेश सभाको बैठक विराटनगर स्थित विरेन्द्रसभा गृहमा गर्ने चर्चा चलिरहँदा आम नागरिकबाट चर्को आलोचना भईरहेको थियो । विरेन्द्रसभा गृहमा सभासंचालन गर्दा अत्यन्तै महंगो भाडा तिर्नुपर्ने भएकाले अब फेरी कटहरी गाउँपालिकामा रहेको कृषि भवनलाई नै प्रयोग गर्ने बारे अध्ययन सुरु भएको छ । कृषि बजारमा पर्याप्त पूर्वाधार उपलब्ध भएकाले त्यहीँ सभा सञ्चालन गर्न बारे अहिले छलफल भईरहेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । भण्डारीले भन्नुभयो, ‘वैकल्पिक स्थलको खोजी भइरहेको अवस्थामा कृषि भवनलाई अस्थायी सभा स्थलका रूपमा प्रयोग गर्ने सम्भावना बढेको छ ।’


अहिलेको प्रदेश सभा भवन निर्माणको लागी बर्षदिन लाग्ने भएकाले तत्काल सभा सञ्चालनका लागि उपयुक्त स्थानको आवश्यकता परेको हो, भण्डारीले भन्नुभयो, ‘‘यसै क्रममा कटहरीको कृषि भवनको संरचना, पहुँच र सुरक्षा व्यवस्थालाई अध्ययन गर्न सम्बन्धित निकायले स्थलगत निरीक्षण गरिएको हो ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्