विराटनगर जेसीजद्धारा साताव्यापी कार्यक्रम गर्ने तयारी

<span class='c1'>विराटनगर जेसीजद्धारा साताव्यापी</span> <span class='c2'>कार्यक्रम गर्ने तयारी</span>

विराटनगर । विराटनगर जेसीजले सामाजिक, स्वास्थ्य, शैक्षिक तथा नेतृत्व विकासमा केन्द्रित विभिन्न कार्यक्रमहरू सहित ‘जेसीज वीक–२०२५’ आयोजना गर्ने घोषणा गरेको छ ।

विराटनगरमा शुक्रबार पत्रकार सम्मेलनगरी कात्तिक १६ देखि २१ गतेसम्म सञ्चालन हुने जानकारी गराएको हो । कार्यक्रमको शुभारम्भ आइतबार बिहान ७ः ३० बजे मैत्रीपूर्ण फुटसल प्रतियोगिताबाट हुनेछ । उक्त प्रतियोगिता विराटनगर जेसीज र नेपाल पत्रकार महासंघ मोरङबीच हुनेछ । उद्घाटन कार्यक्रमको संयोजन सनराइज चौधरीले गर्नेछन् । जेसीज सप्ताहको दोस्रो दिन, सोमबार जेसीज बाल सदन माध्यमिक विद्यालयमा दन्त परीक्षण कार्यक्रम आयोजना गरिनेछ भने सोही दिन बाल सुधार गृह, विराटनगरमा मायाको कोसेली वितरण गरिनेछ । मंगलबार, विराट बहिरा माध्यमिक विद्यालयमा कला कार्यक्रम आयोजना हुनेछ । त्यसैगरी, बुधबार नोबेल अस्पताल, विराटनगरमा सडक सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गरी रिफ्लेक्स लाइट वितरण गरिनेछ । बिहीबार, विराटनगर जेसीजको सचिवालयमा कौसी खेती तालिम कार्यक्रम राखिएको छ ।

साताव्यापी कार्यक्रमको समापन शुक्रबार होटल स्वागतम, विराटनगरमा आयोजना हुने ‘समापन तथा सम्मान कार्यक्रम’ मार्फत गरिनेछ । उक्त कार्यक्रममा समाजमा विशेष योगदान पुर्‍याएका दुई युवा व्यक्तित्वलाई सम्मान गरिनेछ । समापन कार्यक्रमको संयोजन आरके मण्डलले गर्नेछन् । विराटनगर जेसीजका अध्यक्ष प्रीतेशराज दाहालले जेसीज वीकमार्फत युवाहरूमा नेतृत्व क्षमता, सामाजिक जिम्मेवारी र सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्य रहेको बताए । कार्यक्रमका मुख्य संयोजक तथा विराटनगर जेसीजका वरिष्ठ कार्यकारिणी उपाध्यक्ष कविराज दाहालले सम्पूर्ण कार्यक्रमहरू योजनाबद्ध रूपमा सञ्चालन हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्