आगजनीबाट वीरेन्द्र सभागृह जोगाउने अनमोललाई महानगरको धन्यवाद

<span class='c1'>आगजनीबाट वीरेन्द्र सभागृह जोगाउने</span> <span class='c2'>अनमोललाई महानगरको धन्यवाद</span>

विराटनगर, कार्तिक १४ 
जेनजी आन्दोलनका क्रममा विराटनगरको गौरव मानिने वीरेन्द्र सभागृहलाई तोडफोड र आगजनी हुनबाट जोगाउने युवालाई विराटनगर महानगरपालिकाले औपचारिक रुपमा धन्यवाद जनाएको छ।

सभागृहलाई सुरक्षित राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेका युवा अनमोल लिम्बूलाई महानगरमा बोलाएर मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालले खादा लगाइदिएर धन्यवाद दिएका हुन्।

मेयर कोइरालाले अनमोलको नागरिक उत्तरदायित्वपूर्ण कदमले सम्पूर्ण युवापुस्ताका लागि प्रेरणा मिलेको बताए। “अराजक गतिविधि रोक्न र सार्वजनिक सम्पत्तिको रक्षा गर्न अनमोलले देखाएको साहस प्रशंसनीय छ,” उनले भने।

महानगरले लिम्बूलाई विशेष अवसर पारेर औपचारिक सम्मान गर्ने तयारी गरेको समेत जनाएको छ।

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा विराटनगरका धेरै सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको थियो। तर अनमोल लिम्बूसहितका केही युवाको सकारात्मक प्रयासका कारण वीरेन्द्र सभागृहमा क्षति हुन पाएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्