विराटनगरमा ११८ दशमलव छ मिलिमिटर पानी पर्‍यो

<span class='c1'>विराटनगरमा ११८ दशमलव छ</span> <span class='c2'>मिलिमिटर पानी पर्‍यो</span>

विराटनगर । सन् २०२१ पछि पहिलो पटक कोशी प्रदेशमा कात्तिक महिनामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको कार्यालय सुनसरी धरानले जनाएको छ ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार आज(शुक्रबार) बिहान ८ः४५ बजे गरिएको वर्षाको मापनमा विराटनगरमा ११८ दशमलव छ मिलिमिटर पानी परेको छ । सोही समयमा धनकुटामा ५५, ओखलढुङ्गामा ७१, धरानमा ८८ दशमलव दुई, ताप्लेजुङमा ५२ दशमलव आठ, झापाको अनारमनीमा १४९ दशमलव दुई, झापाकै शश्चिरेमा १४९ दशमलव दुई र दमकमा ५२ दशमलव आठ मिलिमिटर पानी परेको कार्यालयका मौसमविद् बाबुराम मिश्रले जानकारी दिनुभयो ।

उहाँले मोरङको सुन्दरहरैँचामा २४ घण्टाको अवधिमा २४८ मिलिमिटर पानी परेर बताउँदै यो प्रदेशमा सबैभन्दा बढी पानी परेको तथ्याङ्क हो भन्नुभयो । उहाँले १४९ मिलिमिटर पानी पर्दा चेतावनीको तह पार हुने भएकाले सो क्षेत्रका नदी आसपास क्षेत्रमा बसोबास गर्नेलाई सुरक्षित स्थानतर्फ बस्न र आवश्यक सचेतना अपनाउन आग्रह गर्नुभयो ।

सन् २०२१ को अक्टोबरमा विराटनगरमा ३२३ मिलिमिटर पानी परेको थियो । कार्यालयका अनुसार कोशी प्रदेशमा वर्षाको सम्भावना अझै टरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्