उद्योगमा काटिएको बिद्युत आपूर्ति सहजीकरण गर्न संगठनको माग

<span class='c1'>उद्योगमा काटिएको बिद्युत आपूर्ति</span> <span class='c2'>सहजीकरण गर्न संगठनको माग</span>

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरसहित देशभरका उद्योगमा बिद्युत सुचारु गर्न उद्योग संगठन मोरङले माग गरेको छ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता नुझाएको निहुँमा केहि उद्योगहरूमा आपूर्ति रोक्दा उत्पादन ठप्प भएको संगठनले तत्काल बिद्युत उपलब्ध गराउन माग गरेको हो ।

आइतबार विज्ञप्ति जारी गर्दै विद्युत् आपूर्ति अवरुद्ध गरिँदा औद्योगिक उत्पादन बन्द हुन पुगेको संगठनले उल्लेख गरेको छ । निजी क्षेत्रप्रति सरकार उदासिन रहेको नकारात्मक सन्देश गएको समेत उल्लेख गरिएको छ ।

“डेडिकेटेड र ट्रंकलाइन महसुलको विवाद नेपाल विद्युत् प्राधिकरण र प्रभावित उद्योगबीच लामो समयदेखि समाधानविहीन बनेको छ’ संगठनले भनेको छ, ‘सरकार परिवर्तनसँगै पटकपटक विवाद बल्झँदा समग्र निजी क्षेत्रलाई नकारात्मकरूपमा प्रस्तुत गर्ने वातावरण बनेको छ, जसप्रति हाम्रो गम्भीर चासो र चिन्ता रहेको छ ।’
उत्पादन बन्द हुँदा रोजगारी, राजस्व, बैंक व्याज भुक्तानी र बजार सञ्जालमा गम्भीर असर परेको संगठनले जनाएको छ । नेपाल विद्युत् प्राधिकरण, नेपाल सरकार र निजी क्षेत्रबीचको त्रिपक्षीय समन्वयमा तत्काल विवाद समाधान गरी विद्युत् आपूर्ति पुनः सुचारु गर्न विज्ञप्तिमा माग गरिएको छ ।

उद्योग–कलकारखाना बन्द हुँदा सिर्जना हुने जटिलतालाई आत्मसात् गर्दै अहिले काटिएको विद्युत् आपूर्तिलाई अविलम्ब सञ्चालन गर्न आग्रह गरेको संगठनका अध्यक्ष राकेश सुरानाले बताए । डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलको बक्यौता भुक्तानी नगरेको भन्दै दुई दर्जन उद्योगको विद्युत कटौती गरिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्