विदेश पठाउछु भन्दै नपठाएपछि ठगि हिड्नेको विराटनगरमा पिडितहरुद्धारा घर घेराउ

<span class='c1'>विदेश पठाउछु भन्दै नपठाएपछि ठगि</span> <span class='c2'>हिड्नेको विराटनगरमा पिडितहरुद्धारा घर घेराउ</span>

प्रेम देवान
विराटनगर । विराटनगर ८ का प्रशन्न पौडेलले एक दर्जन बढी युवाहरुलाई युरोपियन देशहरुमा पठाउछु भन्दै बर्षौँदिन वितिसक्दा पनि नपठाएको भन्दै पिडितहरुले आईतबार घर घेराउ गरेका छन् ।

पौडेलले मोरङ र सुनसरीका १५ देखी २० जना युवाहरुकाट ८ देखी १२ लाखको दरले रकम उठाएर हाल सम्र्पक विहिन भएका छन् । तर उनी केहीदिनयता विराटनगरमा नै आएका छन् भन्ने सुचना पाएर आईतबार पिडितहरुले विहान ३ बजेदेखी नै घरअगाडी बसेर घेराउ गरेका थिए । यसैविच उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मोरंग र हाटखोलाबाट आएको प्रहरी टोलीले पिडित पक्षहरुको गुनासो आधारमा घरमा खानतलासी गरे । प्रहरीले घर वरपर तैनाथ प्रहरी खटाएर यसरी खोजीकार्य गरेको थियो ।

आईतबार दिनभर पानीमा भिज्दै पिडित युवा र प्रहरीले घरभित्र र वरपर खोजेपछि पौडेल भने फेला परेन्न । प्रशन्न पौडेलका बुबाले भने छोरो आफुहरुको सम्र्पकमा नभएको प्रतिक्रिया दिए । यूरोपियन मुलुकको लिथुनिया , डेनमार्ग र लक्जम्बर युरोपियन देशमा पठाउने भन्दै मोटो रकम बझाएको तर अहिले सम्म केही पहल नगरेपछि आफुहरु समस्यमा परेको पिडितहरुले गुनासो गरेका छन् ।


बुढीगंगा गाउँपालिका २ का मधुकर कार्कीले छोराको बैदेशिक रोजगारीका निम्ति तत्कालै नगद दिनुपर्ने अवस्था आएपछि आफुले गरिखान खरीद गरेको ट्रक बेचेर पौडेललाई रकम दिएका थिए । रकम बुझेर पौडेल सम्पर्क विहीन भएपछि कार्कीको अवस्था छांगाबाट खसेजस्तै भएको छन् । बैदेशिक रोजगारीमा लगिदिने भन्दै पौडेलले कार्कीका छोरा मनिषका साथै सालो सुरेन्द्र खड्का र भान्जा सुमन बुढाथोकीबाट समेतगरि झण्डै २४ लाख रकम ठगीगरि बेपत्ता भएका हुन ।
पौडेलले कार्की परिवार मात्र नभई विराटनगर ४ का जुली कुमारी कर्णसंग १० लाख,बुढीगंगा २ का दिवस ठाकुरसंग ८ लाख १० हजार सहित थप दुईदर्जन बेरोजगार यूवाहरुलाई समेत बैदेशिक रोजगारीको प्रलोभन दिएर रकम ठगीगरि फरार भएको पीडितहरुले जानकारी दिएका छन । पौडेलले लक्जम्बर्गमा जागिर लगाईदिने भनेपछि विराटनगर ४ का सागर गुरुङले पौडेललाई ७ लाख रुपैया नगद दिएको बताए ।


पौडेलले बेरोजगार युवाहरुबाट करोडैँ ठगी गरेको हुनसक्ने पीडितहरुले दाबी गरेका छन । पीडितहरुले २०८२ भदौ २ गते र त्यसपछिका मितिमा पौडेलबाट ठगिएको बिषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिईसकेका छन । पौडेलले डेढ दर्जन यूवाहरुलाई जागिर लगाईदिन्छु भनेर प्रतिब्यक्ती ८ देखी १० लाख सम्मका दरले ठगि सम्बन्धी उजुरी आएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोईरालाले जानकारी दिनुभयो ।
ठगि गर्ने पौडेल अहिले सम्म सम्र्पविहीन भएको हुँदा उनको खोजतलास गर्नको लागि जिल्ला प्रहरी कार्यलय र वैदेशिक रोजगारमा पनि जानकारी गराईसकेको कोईरालाले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्