विराटनगर । महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस विराटनगरमा बिबिए संकायमा अध्यनका निम्ति लिईएको प्रवेश परीक्षाको नतिजा रातारात परिर्वतन गरेपछि अभिभावक र विद्यार्थीले आपत्ती जनाएका छन् । क्याम्पस प्रशासन , बिबिए संकायका निर्देकशक र विद्यार्थी संघठनहरुले रातारात विद्यार्थीहरुको मेरिट लिष्ट हेरफेर गरेको खुलेको हो । यसको विरोध गर्दै अभिभावक र विद्यार्थीले क्याम्पस प्रशासनप्रति घोर आपत्ती जनाएका छन् । गत भदौ २१ गते लिईएको प्रवेश परीक्षाको मेरिट लिस्ट कात्तिक १६ गते अपरान्ह प्रकाशित गरिएको थियो । कलेजले अपरान्ह प्रकाशित गरेको नतिजा भोलीपल्टै विहान १७ गते परिर्वतन गरिएको थियो । जसबाट आधा दर्जन विद्यार्थीहरु पीडित भएका छन ।

१६ गतेको नतिजामा भर्नाका निम्ति मेरिट लिस्टमा परेका विद्यार्थीहरुलाई १७ गतेको नतिजामा वेटिङ लिस्टमा पारिएको थियो । यसअघिको सूचिमा नरहेका विद्यार्थीलाई मेरिट लिस्टमा तानिएको थियो । रातारात नतिजा हेरफेर गरेर प्रकाशित गरेपछि विवाद भएको हो । पहिलो नतिजाको ९६ औं नम्बरमा रहेका विद्यार्थी यदिति कर्ण र ९९ औं क्रमसंख्यामा रहेका संकल्प शाही लगायतका थप विद्यार्थीहरुलाई प्रतिक्षा सूचिमा राखिएपछि ति विद्यार्थीका अभिभावकले विरोध जनाएका छन । उनिहरुले चलखेल गरेर रातारात उर्तिण विद्यार्थीलाई वेटिङ लिस्टमा राखिएको भन्दै विविए संकायका विभागिय प्रमुख सामु बिरोध जनाएका छन । नतिजा परिर्वतनगर्दा विद्यार्थीहरु हतोत्साही हुनुका साथै उनिहरुको मानसिकतमा नकारात्मक असर परेको अभिभावक सुनिल शाहीले बताउनुभयो । शाहीले कलेजमा विभिन्न तत्वहरुले चलखेलगरि नतिजा परिर्वतन गरेको दाबी समेत गर्नुभयो ।

अर्का अभिभावक विराटनगर १ का नवीन कर्णले नतिजा प्रकाशित गरिसकेपछि परिर्वतन गर्नुपर्ने अवस्थामा सम्बद्ध विद्यार्थीका अभिभावकलाई सहभागि गराउनुपर्नेमा अपारदर्शी र शंकास्पद ढंगले नतिजा फेरबदल गरिएको बताउनुभयो । हचुवाको भरमा नतिजा परिर्वतनगर्दा पीडित विद्यार्थीहरुको मानसिकतामा नकारात्मक असर परेकोले त्यसको जवाफदेही क्याम्पस प्रशासनले लिनुपर्ने धारणा राखेका थिए ।
पहिलो नतिजा प्रकाशन गरेसंगै कलेजले बिहान १० बजेबाट भर्नाका निम्ति आउन विद्यार्थीलाई सूचना समेत जारी गरेको थियो । तर कलेज पुग्दा नतिजा परिर्वतन भएको थाहापछि अभिभावक मर्माहत भएका थिए । उता बिबिए संकायका प्रमुख मोहन श्रेष्ठले भने कलेजको नतिजा प्रकाशन सम्मबन्धि कार्यविधि अनुसार नै नतिजा परिर्वतन भएको दाबी गर्नुभयो । नतिजा प्रकाशन गरेपछि हकदाबीको प्राबधान अनुसार केहि विद्यार्थीहरु हकदाबी गर्न आएपछि उनिहरुको हकदाबी जायज देखिएकाले नतिजा परिमार्जन गरिएको दाबी गर्नुभयो । यद्यपि त्यसकारण विद्यार्थीको मनोविज्ञानमा पर्न गएको असरप्रति क्षमायाचना समेत गर्नुभयो ।

अभिभावकहरुले भने दाबीबिरोधको ब्यवस्थालाई टेकेर नतिजा परिर्वतन गर्ने अनुचित खेल भएकाले यस बिषयमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने माग गरेका छन । उनिहरु पहिलोपल्ट प्रकाशित नतिजालाई कार्यान्वयन नगरे कानुनी प्रक्रियामा जाने चेतावनी समेत दिएका छन । मोरङ क्याम्पसमा यो बारम्बार दोहोरिने खेलमा नै पर्दछ । त्रिभुवन विश्वविद्यालयको बिबिए कार्यक्रममा धेरै विद्यार्थीको आकर्षण भएपनि क्याम्पस प्रशासनको गैरजिम्मेवारीका कारण विद्यार्थीलाई सुरुमै हतोत्साहित पार्ने काम हुने गरेको छ ।