पाँचवर्षकै उमेरमा ब्लड क्यान्सर, छोरीलाई सहयोग गर्न आमाको याचना

<span class='c1'>पाँचवर्षकै उमेरमा ब्लड क्यान्सर, छोरीलाई</span> <span class='c2'>सहयोग गर्न आमाको याचना</span>

विराटनगर । पाँचवर्षकी छोरीलाई ब्लड क्यान्सर भएपछि कान्ति बाल अस्पतालमा भर्ना गरेर उपचारका लागि आमा–बाबु बसेका छन् । तर, गत चैतमा टिचिङ अस्पताल काठमाण्डौंमा भर्ना गरेदेखि यता छोरीलाई घर फर्काउन सकिरहेका छैनन् ।

छोरीलाई पाँचवर्षमै ब्लड क्यान्सर भएको थाहा पाएपछि रामेछाप मन्थली नगरपालिका–२ का सुमन श्रेष्ठ थाकिसकेको सुनाउँछन् । उनले छोरी बचाउन आफ्नो सबै बुता प्रयोग गरेपनि आर्थिक अवस्थाका कारण परिवार फस्दै गएको गुनासो गरे । कान्ति बाल अस्पतालबाट आवर विराटनगरसँग कुरा गर्दै बुबा सुमनले कसैले सहयोग गर्नुहुन्छ की, त्यसका लागि केहि पहल लिईदिन अनुरोध गर्नु भएको छ ।

गत चैतमा बारम्बार ज्वरो आएपछि छोरीलाई स्थानीय मन्थली अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि टिचिङमा रेफर गरेर जाँचपड्ताल गर्दा ब्लड क्यान्सर रहेको पुष्टि भएको उनले सुनाए । टिचिङले कान्ति बालमा रेफर गरिदिएपछि त्यहाँ उपचार भइरहेको उनले सुनाए ।
छोरीको स्वास्थ्य अवस्थासँग पीडित बनेका बुबा र आमाले सहयोगका लागि अनुरोध गर्नु भएको छ ।
सहयोगका लागि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्