विराटनगर । विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसले गरेको गल्तीका ढाकछोपहरु एकपछि अर्को गर्दै बाहिरन थालेको छ । बिबिए संकायमा भर्नाको लागि लिएको परीक्षा फलमा व्यापाक चलखेल भएपछि अन्य घटनाहरु पनि एकपछि अर्को गर्दै बाहिरन थालेको हो ।
बिबिएम संकायकालागि फर्म नै न भरेका विद्यार्थीको उर्तिण भएको परीक्षा फल प्रकाशित गरेर उतिर्ण विद्यार्थीलाई वैकल्पिक सूचिमा राखिने गरेको विद्यार्थी र अभिभावकले गम्भिर आरोप लगाएका छन् ।

महेन्द्र मोरङ क्याम्पस अन्र्तगत बिबिए संकायकालागि जारी भर्ना प्रक्रियामा ब्यापक त्रुटी रहेको पाईएपछि षडयन्त्रको खुलासा भएको हो । कलेजले पछिल्लो भर्ना प्रक्रियाकालागि हालै प्रकाशन गरेको सिम्याट परीक्षाको नतिजामा विबिएम संकायतर्फ सिरियल नम्बर ७९ का नीभा अग्रावाल ५६.५० मेरिट नम्बर सहित उर्तिण भएको कलेजले प्रकाशित नतिजामा उल्लेख छ । निज अग्रवाल नै बिबिए संकायको दोश्रोदिनको नतिजामा सिरियल नम्बर ५० मा ७१.५० मेरिट अंक सहित उर्तिण भएको क्याम्पसको नतिजामा देखिन्छ । अग्रवालले बिबिएम संकायमा भर्ना हुन आवेदन नै नदिएको स्वयं कलेजले बताएको छ ।
अग्रवाललाई बिबिएको भर्ना प्रक्रियामा सहभागि गराउन क्याम्पसले कात्तिक १६ गतेको पहिलो नतिजामा उर्तिण भएका विद्यार्थीलाई १७ गतेको दोश्रो नतिजामा वेटिङ लिस्टमा सारेर ति विद्यार्थीलाई मेरिट लिस्टमा समावेश गरेको पाईएको छ ।

यसो गर्दा मापदण्ड पुरागरि उर्तिण भएका विद्यार्थीहरु मर्कामा परेका छन । दोश्रोदिनको नतिजा हेरफेर गर्ने क्रममा थप ४ जना विद्यार्थीलाईपनि दाबी बिरोधको प्रावधान टेकेर पहिलो लिस्टमा उतिर्ण भएकालाई प्रतिक्षा सूचिमा सारेर उनिहरुलाई समेत मेरिट लिस्टमा समावेश गरिएको हो । सिम्याट नतिजाको क्रममा ब्यापक चलखेल भएको भन्दै अभिभावकले गुनासो गरेपछि यस अघि आवर विराटनगरले भिडियो सहितको समाचार प्रशारण गरेको थियो । पुनः आज आवर विराटनगर सहित अन्य सञ्चारमाध्यमहरुले क्याम्पसमा पुगेर विद्यार्थी तथा अभिभावकले दिएको प्रमाणले हेर्दा क्याम्पसको त्रुटी देखिएको हो । साथै विद्यार्थी तथा अभिभावकहरूले फर्म नभरिएका विद्यार्थीको समेत नतिजा प्रकाशन हुनु गम्भीर लापरवाही भएको बताउँदै छानबिनको माग गरेका छन् ।

यता क्याम्पस प्रमुख रामवतार शरणले भने, परीक्षाफल क्याम्पसले नियमसंगत नै गरेको छ, यसमा कुनै शंका गर्नुपर्ने आवश्यक दैखिदैन । उनले फेरी थपे, “फल प्रकाशनमा भएको यो त्रुटी सम्भवतः कम्युटरमा मिस्टेकका कारण हुन सक्छ । प्राविधिक पक्षको समीक्षा गरी तुरुन्तै सुधार गरिनेछ,” भन्ने प्रतिक्रिया दिएका छन् । उक्त घटनापछि क्याम्पसले तत्कालै सम्बन्धित संकाय र परीक्षा शाखासँग विवरण माग गरेको छ । क्याम्पस प्रमुख शरणले भने, त्रुटी सुधारका लागि आन्तरिक छानबिन टोली गठन गरेर अगाडी बढ्ने छौँ ।’