विराटनगर भन्सार परिसरबाटै तस्करी आशंका, एजेन्ट प्रतिनिधि मण्डल र सामान बोकेको सवारी नियन्त्रण

<span class='c1'>विराटनगर भन्सार परिसरबाटै तस्करी आशंका, एजेन्ट प्रतिनिधि</span> <span class='c2'>मण्डल र सामान बोकेको सवारी नियन्त्रण</span>

विराटनगर । सशस्त्र प्रहरीले पाएको सूचना अनुसार जाँचपास भइसकेको मालवस्तु बोकेको एउटा सवारी अहिले विराटनगर भन्सार कार्यालय परिसरमा रोकिएको छ । जाँचपासमा संलग्न भएका भन्सार एजेन्टका प्रतिनिधि कुन्दन मण्डललाई भने नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ ।

मंगलबार भन्सार जाँचपास भइसकेको उक्त सवारीमा बील भन्दा बाहेकको क्यारिङ वा तस्करीको सामान समेत थपेर ल्याएको आशंका गरिएको छ । भन्सार जाँचपास गर्दा बीलमा उल्लेख भएको भन्दा बाहेक सामान राखिएको सूचना सशस्त्रका डिआईजीसम्म पुगेको थियो । क्यारिङको सामान हुनसक्ने शंका भएपछि तत्काल नियन्त्रणमा लिन निर्देशन सशस्त्र प्रहरीको भन्सार गस्ती टोलिलाई दिइएको थियो ।

पछिल्लो समय रानीमा सशस्त्र प्रहरी बलले डिएसपी खतिवडालाई खटाएदेखि तस्करीमा निक्कै कडाई भएको थियो । त्यहाँ कडाई गरिएपछि भन्सार परिसरबाटै विभिन्न जुक्ति लगाएर क्यारिङ हुँदै आएको थियो । भन्सार कार्यालयले यसमा गर्नुपर्ने जति कडाई नगर्दा भन्सार एजेन्टका प्रतिनिधिहरुले आयातकर्तासँग राम्रो सेटिङमा काम गर्दै आएका थिए ।

बस्तु खरिद गरेको आधिकारिक बीलका आधारमा भन्सार जाँचपास हुन्छ । तर, सामान खरिद गरेर भन्सारमा पेस गरिएको बील भन्दा बाहेक छुट्टै क्यारिङको सामान समेत राखिएको चर्चा सशस्त्र प्रहरीका डिआईजीसम्म पुगेको थियो । भन्सार एजेन्ट सौगात पोखरेलको फमबाट मण्डलले मालवस्तु जाँचपास गराएका थिए । विराटनगर भन्सार कार्यालयका अधिकृत एवं सुचना अधिकारी बिमलकुमार साहले गाडी नियन्त्रणमा लिएर अहिले प्रारम्भिक चरणको अनुसन्धान सुरु भएको जानकारी दिएका छन् । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक कविन राईले भन्सारले नियन्त्रणमा लिएर हिरासतमा राखिदिन मण्डललाई पठाएको जानकारी दिएका छन् । पोखरेलले मण्डल आफ्नै दाइहरु भएको बताए । उनले आफ्नो भन्सार एजेन्ट नम्बर तथा फमबाट काम गर्ने गरेको स्वीकार गरेका छन् ।

यस अगाडी भन्सार एजेन्ट सौगात पोखरेल हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्