बिहारमा भारतीय प्रधानमन्त्री मोदी, विराटनगरसँग सीमा जोडिएका नाकामा कडाई

<span class='c1'>बिहारमा भारतीय प्रधानमन्त्री मोदी, विराटनगरसँग</span> <span class='c2'>सीमा जोडिएका नाकामा कडाई</span>

विराटनगर । भारतको बिहारमा हुने विधानसभा निर्वाचनको चुनावी सभाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अररिया आउने भएपछि मोरङ र सुनसरी जिल्लाको सीमा क्षेत्रमा कडाई गरिएको छ । भारतीय पक्षले अहिले सीमा क्षेत्रमा सतर्कता अपनाउँदै आउजाउमा कडाई गरेको हो ।

अररियासँग सीमा जोडिएको मोरङ र सुनसरीमा भारतीय र नेपाली सुरक्षाकर्मीले सतर्कता बढाएका हुन् । बिहीबार दिउँसो मोदीले अररियामा आयोजित सभालाई सम्बोधन गर्नेछन् ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा अन्तर्गत रानीका प्रहरी नायव उपरीक्षक विकास खतिवडाले भारतले आफ्नो सुरक्षालाई ख्याल गर्दै कडाइ गरेको बताएका छन् । उनका अनुसार यस अगाडीदेखि नै केहि कडाई गरिएकोमा आगामी ११ तारेखको निर्वाचन लक्षित हुने चुनावी सभामा भारतीय प्रधानमन्त्री आउने भएपछि झन् कडाई गरिएको हो । बिहारको निर्वाचन लक्षित गर्दै दुईदिनपछि नोभेम्बर ८ तारेखदेखि सीमा सील हुनेछ ।

भारतीय पक्षको अनुरोधमा मोरङ र सुनसरीको सीमा क्षेत्रमा प्रहरीले निगरानी र चेकजाँच बढाएको छ । बिहारका १८ जिल्लामा बिहीबार नै मतदान हुँदैछ । मोरङ, सुनसरीसहितको सीमा जोडिएका जिल्लाहरुमा नोभेम्बर ११ तारिखमा चुनाव हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्