तस्करी आशंकामा पक्राउ परेका भन्सार एजेन्ट कुन्दन मण्डलको विराटनगर–१७ स्थित घरमा छापा

<span class='c1'>तस्करी आशंकामा पक्राउ परेका भन्सार एजेन्ट</span> <span class='c2'>कुन्दन मण्डलको विराटनगर–१७ स्थित घरमा छापा</span>

विराटनगर । भन्सार राजस्व छली आशंकामा पक्राउ परेका विराटनगर–१७ का कुन्दन मण्डलको घरमा बिहीबार राजस्व अनुसन्धानले छापा हानेको छ । मंगलबार विराटनगर भन्सार कार्यालय परिसरमा एउटा ट्याक्टर पक्राउ परेपछि मण्डललाई नियन्त्रणमा लिइएको थियो । उनी इलाका प्रहरी कार्यालय रानीको हिरासतमा रहेका बेला बुधबार विराटनगर–६ स्थित बुद्धपूजा ढुवानी सेवाबाट उनको ३४ पोका कपडा नियन्त्रणमा लिइएको थियो ।

भन्सारको बाटो भएर प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा बाहिरको मालवस्तु भित्र्याउने गरेको आशंकासहितको आरोप उनीमाथि रहेको छ । सशस्त्र प्रहरीले पाएको सूचना अनुसार मण्डललाई भन्सार परिसरबाट पक्राउ गरेपछि राजस्व अनुसन्ँधानले दैनिक जसो उनीसँग सम्वद्ध कारोबार भएका स्थानमा छापा हान्दै आएको छ ।

बिहीबार घरमा छापा हानेर कागजातसहित केहि थप प्रमाणहरु संकलन गर्न टोलि आएको थियो । तर, राजस्व अनुसन्धानले छापा हान्दा उनले भन्सारबाट गर्ने कुनैपनि कारोबारको कुनै प्रमाण बरामद हुन नसकेपछि फर्केको हो । मण्डलले भन्सारको प्रज्ञानपत्र नै नक्कली बनाउने गरेको आशंकामा राजस्व अनुसन्धान केन्द्रीत भएर प्रमाणहरु जुटाउन लागेको बुझिएको छ ।

विराटनगर–६ स्थित बुद्धपूजा ढुवानी सेवामार्फत पठाउन लागेको ३४ पोका कपडा नियन्त्रणमा लिएको भोलिपल्टमा घरमा छापा हानिएको छ । उनी भन्सार क्लियरिङ्ग एजेन्ट सौगात पोखरेलको फममार्फत मालवस्तु मगाएर कारोबार गर्दै आएका थिए । जसमा एजेन्टको पनि संलग्नता आशंका गरिएको छ । यसैगरी यो घटनामा भन्सार जाँचपासमा खटिने भन्सारका कर्मचारी समेत सहयोगी बनेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्