विराटनगर, रंगेली रोडस्थित मेरिल्याण्ड कलेजका विद्यार्थीहरूका लागिआईटी सम्बन्धी जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ। कलेज र आइबीएमबीचको साझेदारी अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूलाई डेटा साइन्स, पाइथन लगायतका विषयमा तालिम प्रदान गरिएको थियो।


कार्यक्रमका बारेमा जानकारी दिँदै कलेजका प्राचार्य लक्ष्मण ढकालले भने, “विद्यार्थीहरूलाई विश्वस्तरको प्रविधि ज्ञान दिन र उनीहरूलाई व्यवहारिक रूपमा दक्ष बनाउनका लागि यस्तो तालिमले महत्वपूर्ण भूमिका खेल्नेछ।”
उनका अनुसार आइबीएमसँगको सहकार्यले मेरिल्याण्ड कलेजका विद्यार्थीहरूलाई नवीनतम प्रविधि र उद्योगसँग नजिक हुन सहयोग गर्नेछ।

कार्यक्रममा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आइटी क्षेत्रमा आफ्नो भविष्य निर्माणका लागि यस्तो अवसर उपयोगी हुने प्रतिक्रिया दिएका थिए।