विराटनगर । विराटनगर–४, पिपलचोकस्थित ह्यापी अवर हेभन रेस्टुरेन्टले म:म पारखीहरूको लागि विशेष कार्यक्रम “म:म मेनिया” आयोजना गर्ने भएको छ। मङ्सिर १ गतेदेखि सुरु हुने उक्त कार्यक्रममा विविध स्वादका म:महरू उपलब्ध हुने रेस्टुरेन्टले जनाएको छ।
रेस्टुरेन्टका अनुसार कार्यक्रममा सिक्किम म:म, चकलेट म:म, चिज म:म, खुट्टाको झोल म:म, ओपन म:म, तन्दुरी म:म लगायतका फरक फरक स्वादका म:महरू राखिने छन्। “म:म मेनिया” विशेषगरी नयाँ स्वाद खोज्ने युवाहरू र पारिवारिक समूहका लागि आकर्षक हुने रेस्टुरेन्टले जनाएको छ।
साथै, मङ्सिर १ गतेबाट नै सुरु हुने नेपाल प्रिमियर लिग का खेलहरू पनि रेस्टुरेन्टमै प्रत्यक्ष प्रशारण गरिने भएकाले, खानेकुरा र मनोरञ्जन दुबैको मजा लिन सकिने छ।
विराटनगरको लोकप्रिय भेटघाट स्थलका रूपमा परिचित ह्यापी अवर हेभनले यसअघि पनि विभिन्न फुड क्याम्पेनमार्फत ग्राहकको रुचि जित्दै आएको छ।