विराटनगर–७ किरण बेकरीमा कार्यरत महिलामाथि हातपात गर्ने बस्नेत पक्राउ

<span class='c1'>विराटनगर–७ किरण बेकरीमा कार्यरत महिलामाथि</span> <span class='c2'>हातपात गर्ने बस्नेत पक्राउ</span>

विराटनगर । विराटनगर–७ मेनरोड अथिति सदन दक्षिण रहेको किरण बेकरीमा कार्यरत महिला कर्मचारीमाथि शुक्रबार दिउँसो आक्रमण भएको छ । किरण बेकरीमा कार्यरत कर्मचारी पवित्रा राजबंशीलाई विराटनगर–७ का भास्कर बस्नेतले आक्रमण गरेका हुन् । राजबंशी मोरङ कटहरी गाउँपालिका २ निवासी हुन् ।

बेकरीमा काम गरिरहेको अवस्थामा बस्नेतले राजबंशीलाई एक्कासी झम्टिएर आक्रमण गरेको सिसी टिभी फुटेजमा देखिन्छ । यद्यपी त्यहाँ दुईबीच के कुराकानी भएको थियो भन्ने खुलेको छैन । राजबंशीमाथि हातपात गरेका बस्नेतलाई वडा प्रहरी कार्यालय विराटनगरले नियन्त्रणमा लिएको थियो ।

त्यसपछि प्रहरी कार्यालयमा समेत उनले त्यहि किसिमको व्यवहार देखाएको खुलेको छ । महिलामाथि आक्रमण गरेको आरोपमा बस्नेतलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । उनको व्यवहारका कारण अहिले परिवारसँग समेत प्रहरीले सोधपुछ गरिरहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्