एनपीएल फ्रेन्चाइज टिम ‘विराटनगर किंग्स’ का एसोसियट पार्टनरमा नेमाटो टायल्स

<span class='c1'>एनपीएल फ्रेन्चाइज टिम ‘विराटनगर किंग्स’</span> <span class='c2'>का एसोसियट पार्टनरमा नेमाटो टायल्स</span>

विराटनगर कार्तिक ३० ,

नेपाल प्रिमियर लिगमा कोशी प्रदेशको फ्रेन्चाइज टिम विराटनगर किंग्सको एसोसियट पार्टनरमा सोनापुरस्थित नेमाटो टायल्स बनेको छ। शनिबार नेमाटोको उद्योग परिसरमा आयोजित विशेष कार्यक्रममार्फत विराटनगर किंग्स र नेमाटो टायल्सबीच सहकार्य सम्झौता सम्पन्न भएको हो।

सम्झौतामा नेमाटो टायल्सको तर्फबाट जयस लुनिया र विराटनगर किंग्सको तर्फबाट अनुज पोद्दारले हस्ताक्षर गरेका छन्। कार्यक्रममा टिम मालिकहरू सुयास प्याकुरेल, भेंकटेस मुण्डरा र पारस लुनिया उपस्थित रहे।

नेपाली र विदेशी दुवै उत्कृष्ट खेलाडी समावेश रहेको कारणले हाल विराटनगर किंग्स चर्को चर्चा बटुलिरहेको छ। ‘कोशीको शान, हाम्रो पहिचान’ नारा बोकेको यो टिम विराटनगरका चार उद्योगी समूह एमएम ग्रुप, म्याजिक ग्रुप, अरिहन्त ग्रुप र देवनारा ग्रुपको सामूहिक लगानीमा स्थापित म्याड ड्रीम स्पोर्ट्स द्वारा सञ्चालनमा छ।

टिमका मार्की खेलाडी सन्दीप लामिछाने रहेका छन्, जसले टिमको बलियो पहिचान र लोकप्रियता बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्