अन्तर्राष्ट्रिय विद्यार्थी दिवशमा विराटनगरमा अर्किड मिनि म्याराथन

<span class='c1'>अन्तर्राष्ट्रिय विद्यार्थी दिवशमा विराटनगरमा</span> <span class='c2'>अर्किड मिनि म्याराथन</span>

विराटनगर । अन्तर्राष्ट्रिय विद्यार्थी दिवसको अवसरमा विराटनगरमा रहेको अर्किड कलेजले ‘अर्किड म्याराथन’ प्रतियोगिता आयोजना गरेको छ । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुदू भन्ने मूल नाराका साथ सोमबार आयोजित उक्त प्रतियोगितामा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका छन् ।


कलेजका प्रिन्सिपल मनिष भट्टराईका अनुसार ५ किलोमिटर दूरीको यो म्याराथनमा कक्षा ११ र १२ मा अध्ययनरत छात्रछात्राहरू २ सय बढी विद्यार्थीहरुको सहभागी भएका थिए । विद्यार्थीहरूलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि संलग्न गराउने उद्देश्यले दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिएको कलेजका निर्देशक दिपेश बास्तोलाले जानकारी दिए ।

म्याराथनको छात्रतर्फको प्रतिस्पर्धामा मुकेश लुनिया प्रथम, प्रज्जवल कार्की द्वितीय, सौरव कुमार सरदार तृतीय र रवि कुमार रोयले चौथो स्थान हासिल गरेका छन् । त्यसैगरी, छात्रातर्फ सर्मिला मुक्ताङ्ग प्रथम, निरिता राजवंशी द्वितीय, कृतिका ऋषिदेव तृतीय र जेनिसा डंगोल चौथो भएकी छिन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रालाई क्रमशः नगद ३ हजार, २ हजार र १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमले विद्यार्थीहरूमा खेलकुदप्रतिको लगाव बढाउनुका साथै स्वास्थ्य जीवनशैलीका लागि प्रेरणा प्रदान गरेको कलेजले जनाएको छ ।

म्याराथनका अतिरिक्त कलेजले सोही अवसरमा वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरेको थियो । हरेक वर्ष नोभेम्बर १७ मा मनाइने अन्तर्राष्ट्रिय विद्यार्थी दिवस, सन् १९३९ मा चेकोस्लोभाकियामा नाजीहरूद्वारा मारिएका विद्यार्थीहरूको सम्झनामा विश्वभर मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्