विराटनगरका चार स्थानमा साढे ५२ लाख लिटर क्षमताका पानी ट्याङ्की

<span class='c1'>विराटनगरका चार स्थानमा साढे ५२</span> <span class='c2'>लाख लिटर क्षमताका पानी ट्याङ्की</span>

विराटनगर । विराटनगरको खानेपानी गुणस्तर सुधार आयोजना अन्तर्गत महानगरपालिकाका क्षेत्रमा ५८ किलोमिटर दुरीमा पाइप विछ्याउने कार्य धमाधम चलिरहेको छ । विराटनगरमा ३० वर्ष पुरानो खानेपानी संरचना र पाइपलाइनलाई विस्थापित गर्दै नयाँ वितरण प्रणाली स्थापीत गर्न २ अर्ब ५४ करोड रुपिँयाको आयोजना चालु अवस्थामा रहेको हो । यो आयोजना अन्तर्गत विराटनगरका चार स्थानमा भण्डारण ट्याङ्की निर्माण पनि भइरहेका छन् । जसको क्षमता साढे ५२ लाख लिटर रहेको छ ।

नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारका अनुसार जापान सरकारको अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदानमा एकलाख नगरवासीलाई सुद्ध पीउने पानी पु¥याउने लक्ष्यसहित आयोजना अगाडी बढेको हो । हालसम्म म्याद अवधी भन्दा ५ प्रतिशत बढी प्रगती देखिएको छ ।
सिमुजी कर्पोरेसनले खानेपानी सुधार आयोजना अन्तर्गतको काम गरिरहेको छ । यो जापानी कम्पनी नै हो । यसका जनसम्पर्क अधिकृत तथा इन्जिनियर अरबिन्द कर्णका अनुसार ५८ किलोमिटरमा नयाँ पाइप बिछ्याउनुपर्नेमा हालसम्म ५० किलोमिटर सकिएको छ । जुन ९० प्रतिशत हो । इन्जिनियर कर्णका अनुसार बिछ्याउने र पुर्ने कामसँगै पाइप लाइन प्रेसर, हाउस कनेक्सन, इन्टर कनेक्सन पनि सँगसँगै भइरहेको छ । अहिले पाइप बिछ्याउन खनिएको सडक अस्पाल्ट कालोपत्रे भइरहेको छ । महानगरपालिका क्षेत्रको ३ किलोमिटर दुरी कालोपत्रे पनि गरिसकिएको छ ।

खानेपानी सुधार आयोजना अन्तर्गत विराटनगर महानगरपालिकाको वडा नम्बर १ देखि १४ नम्बरसम्म विस्तार भइरहेको छ । विस्तारमा पाइप लाइन प्रेसर, हाउस कनेक्सन र इन्टर कनेक्सन समेत सँगै गरिएकोले पछि पुनः त्यहि काम नपर्ने दावी गरिएको छ । इन्जिनियर कर्णका अनुसार यस पछाडी पानी छोड्दा पुनः सडक खन्नु नपर्ने गरी काम गरिएको हो । जसका लागि मेन लाइनबाट सव–लाइनमा लगिएको पाइप, हाउस कनेक्सनमा जोड्न ड्रेनेज (नाला) र फुटपाथमा निकालिएको छ । यस बाहेक पुरानो पानीको आपूर्ति प्रणालीमा रहेको पाइपमा नयाँ पानीको पाइप जोड्न इन्टर कनेक्सन १२ स्थानमा गराइएको छ । यो इन्टर कनेक्सन गर्नेपर्ने अन्य बिन्दु समेत पहिचान भइरहेको छ ।

विराटनगर महानगरपालिका भित्र हाल खानेपानी संस्थान अन्तर्गतको पानी १३ हजार घरधुरीमा वितरण भइरहेको छ । नयाँ आयोजनाबाट एकलाख नागरिक यसबाट लाभान्वित हुनेछन् । त्यस बाहेक उपभोक्ता समिति अन्तर्गत पानी वितरण भइरहेको छ ।

नयाँ प्रणाली अन्तर्गत विराटनगर–५ स्थित महानगर बहुप्राविधिक शिक्षालय नजिक १२ लाख लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण भइरहेको छ । त्यहि स्थानमा साढे चारलाख लिटर क्षमताको अण्डरग्राउण्ड ट्याङ्की पनि निर्माणाधीन चरणमा रहेको छ । यसैगरी संस्थानको पानी वितरण भइरहेका स्थान देवकोटाचौक, तीनपैनी र मुनालपथमा थप १२÷१२ लाख लिटर क्षमताको ट्याङ्की निर्माणको काम पनि भइरहेको छ । इन्जिनियर कर्णका अनुसार हालसम्म ट्याङ्की निर्माणको कार्य ६५ प्रतिशत सकिएको छ । यी ट्याङकी भएका स्थानमा ३÷३ वटा डिप बोरिङबाट पानी निकाल्ने काम सकिएको छ ।

यस पटकको खानेपानी प्रणालीमा महानगरपालिका क्षेत्रका ३२ स्थानमा फायर हाइड्रेण्ड समेत राखिएको छ । जसले महानगरपालिका भित्र आगलागी हुँदा पानी निभाउनका लागि पानीको सहज स्रोतको काम गर्नेछ । विराटनगरमा खानेपानी सुधार आयोजनाका लागि जाइकाले सन् २००९ बाट अध्ययन सुरु गरेको थियो । विराटनगरमा हेपाटाइटिस महामारी फैलिएपछि खानेपानी सुधारमा राजनीतिक पहल सुरु भएको थियो । अनुदान सम्झौता भने १० मार्चा २०२२ मा भएको थियो । यसको शिलन्यास २०८१ असारमा भएको थियो । सम्झौता अनुसार २०८३ जेठ १७ अर्थात ३१ मे २०२६ मा काम सम्पन्न गर्नेगरी जापानकै सिमिजु कर्पोरेशनले २०८१ बैशाख १२ गते ठेक्का सम्झौता गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्