विराटनगर रिङ्गरोड, उडायो सपना सबै अल्झनले

<span class='c1'>विराटनगर रिङ्गरोड, उडायो</span> <span class='c2'>सपना सबै अल्झनले</span>

विराटनगर । २०५४ सालमा सुरु भएको विराटनगर चक्रपथ (रिङ्गरोड) २८ वर्ष पुगेको छ । यो बीचमा विराटनगर रिङ्गरोडको नाममा धेरै नेताले निर्वाचन जिते । भाषणमा रिङ्गरोड निर्माण गरेर सहरको विस्तार र व्यस्थापनका योजना सुनाइए । तर, २८ वर्ष अगाडी सुरु भएको चक्रपथ चालु आर्थिक वर्षदेखि कुनै पनि निकायको योजनामा समेटिन छोडेको छ । प्रादेशिक संरचना अनुसार कोशी प्रदेशको राजधानी विराटनगरको जनघनत्व वर्षेनी बढ्दै गएको छ । त्यसको आवश्यकता परिपूर्ति गर्नसक्ने सडक सञ्जालको जरुरी अझै बढेको छ । तर, विराटनगरलाई फन्को मार्ने ४२ किलोमिटर दुरीको सडक निर्माणको काम सम्पन्न हुने भन्दा पनि देखाउने योजना मात्रै बन्ने संभावना बढेको छ ।

२०७५ सालमा चक्रपथ निमार्णको जिम्मा प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मोरङले यो परियोजना सञ्चालन गर्ने जिम्मा पायो । चक्रपथ निमार्णको जिम्मा पाएसँगै आर्थिक बर्ष २०७६–२०७७ को मङसिर १६ मा पूर्वाधार विकास कार्यालयले १ किलोमिटर सडक ग्राभेलको काम थाल्यो । सुनसरीको शाह निमार्ण सेवा कम्पनीलाई कुल ३ करोड ८८ लाख ७४ हजारको लागतमा विराटनगर–६ स्थित ब्रम्हपुरादेखि उत्तर १ किलोमिटर सडक ग्राभेल गर्ने ठेक्का लगाएको थियो । त्यस अगाडी शहरी विकास कार्यालय मातहत रहेको थियो । यो संघीय सरकार अन्तर्गतको निकाय हो ।

त्यसपछि आर्थिक वर्ष २०८०÷२०८१ मा सडक डिभिजन कार्यालय विराटनगर अन्तर्गत आएको थियो । सडक डिभिजन कार्यालयले अघिल्लो आर्थिक वर्ष र गतवर्ष दुईवटा ठेक्का व्यवस्थापन गरेको थियो । तर, चालुवर्षदेखि संघीय सरकार अन्तर्गतका कुनै निकायमा पनि यसको विस्तारका लागि योजना समेटिएको छैन ।
सडक डिभिजन कार्यालय विराटनगर तथा रिङ्गरोड हेर्दै आएका इन्जिनियर हरी नारायण मण्डलका अनुसार गत र अघिल्लो वर्ष स्थान तोकेरै आएको रकमले ठेक्का व्यवस्थापन गरिएको थियो । चालु आर्थिक वर्षमा कुनैपनि निकायमा यसको बजेट छैन । तर, बजेट किटान भएर आएका सडक डिभिजन कार्यालय विराटनगरका १४ योजनाको समेत ठेक्का व्यवस्थापन नगर्न विभागले परिपत्र भने गरिसकेको छ ।

जेनजी आन्दोलनपछि भएको क्षति व्यवस्थापन गर्नुपर्ने भएकोले नयाँ योजनामा लागि बिनियोजन भएको संघीय सरकार अन्तर्गतको पूर्वाधार विकासको बजेट कार्यन्वयनमा रोक लगाइएको हो । यो अवस्थामा रिङ्गरोडको बजेटमा ध्यान समेत कसैले दिएका छैनन् । कटहरी, ग्रामथान र बुढीगंगा गाउँपालिकालाई समेट्ने यो सडक अझै दुई किलोमिटर ट्रयाक खोल्नै बाँकी अवस्थामा छ । हालसम्म ३४ किलोमिटर ग्राभेल, ६ किलोमिटर कालोपत्रे र दुई किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको स्थितिमा छ । मोरङको ग्रामथानस्थित झोराहाट र विराटनगर–१६ को दरैया वस्तीमा अवरोध रहेको छ ।

२०७५ सालमा प्रदेश सरकारमा हस्तान्तरण भएको आयोजना २०८० सालदेखि संघ मातहत नै फर्काइएको हो । त्यसवर्ष दश करोड रुपिँया बजेट बिनियोजन भएको थियो । त्यसले विराटनगर–१२ देखि उत्तरफर्तको तीन किलोमिटरमा काम गरिएको थियो । इन्जिनियर मण्डलका अनुसार गतवर्ष ५ करोड बजेटको बुढीगंगाको नेमुवादेखि सिंघीयासम्म एक हजार २०० मिटर कालोपत्रे गरिएको थियो ।
विराटनगरलाई फन्को मार्दै मोरङको कटहरी, झोराहाट, लखन्तरी, टङ्कीसिनवारी, निमुवा र भाथिगछसहित विराटनगर महानगरपालिकाका विभिन्न वडालाई छुनेगरि चक्रपथ निमार्णको कार्य थालिएको थियो । ३४ मिटर चौडाई रहने चक्रपथको सहायक सडक १० मिटरको हुने योजनाको तय गरिएको थियो । तर, तानातान र अल्झनले रिङ्गरोड सपना भने उडाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्