कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी झिलझिलेका इन्स्पेक्टर सुभाष केसी

<span class='c1'>कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी</span> <span class='c2'>झिलझिलेका इन्स्पेक्टर सुभाष केसी</span>

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय झिलझिले, झापामा कार्यरत प्रहरी निरीक्षक सुभाष केसीलाई कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको छ। केसी नेतृत्वको टोलीले कार्तिक ९ गते झापा अर्जुनधारा–४ दहिझोडा सामुदायिक वनमा अपहरण, शारीरिक बन्धक र ज्यानसम्बन्धी घटनामा संलग्न शंकितहरूको पहिचान तथा निगरानी सुरु गरेको थियो। घटनामा ३३ वर्षीय सरोज शर्माको हत्या भएको पुष्टि हुँदै जाँदा उनले सूक्ष्म रुपमा तथ्यहरू जोड्दै अनुसन्धानलाई निर्णायक दिशातर्फ अघि बढाए।

उनकै निर्देशनमा कार्तिक १३ गते मेचीनगर–१३ स्थित सामुदायिक वनमा पीडितले प्रयोग गरेको गाडी जलाएको अवस्थामा फेला पारियो। त्यसपछि घटनाको अनुक्रमलाई टुक्राटुक्रामा विश्लेषण गर्दै केसीले टोलीसहित शंकितलाई नियन्त्रणमा लिए। अनुसन्धानको क्रममा मृतकको शरीर गाडिएको स्थान समेत उनले पहिचान गराएका थिए, जसपछि उत्खनन गरेर शव फेला पारियो र घटनालाई प्रमाणमुखी बनाइयो।

घटना सार्वजनिक भएपछि पीडित तथा स्थानीय बासिन्दा क्षुब्ध बनेका अवस्थामा प्रतिवादीका घर तथा सम्पत्तिमा तोडफोडको प्रयास समेत देखिएको थियो। तर, केसी नेतृत्वको टोलीले परिस्थितिलाई उग्र बन्न नदिई भिड नियन्त्रणमा लिएको थियो।
‘दुवै पक्षका परिवार सुरक्षित हुनु सबैभन्दा ठूलो दायित्व हो,’ भन्ने उनको भनाइ उद्धृत गर्दै प्रहरीले बताए ।
समाजमा शान्ति–सुरक्षा जोगाउनु र जटिल अपराधको अनुसन्धान सफलतापूर्वक निष्कर्षमा पुर्याएको योगदानका कारण प्रहरी निरीक्षक सुभाष केसीलाई २०८२ साल कार्तिक ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्