विराटनगरको पूर्वाअञ्चल बाल सेवा आश्रममा श्रीमददेवीभागवत महापुराण हुने

<span class='c1'>विराटनगरको पूर्वाअञ्चल बाल सेवा</span> <span class='c2'>आश्रममा श्रीमददेवीभागवत महापुराण हुने</span>

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १३ स्थित पूर्वाअञ्चल बाल सेवा आश्रममा श्रीमद्देवीभागवत महापुराण ज्ञान् महायज्ञ हुने भएको छ ।
आत्मकल्याण, राष्ट्रशान्ति सहित आश्रममा सबै सहयोगी शुभेच्छुकहरुको पितृ उद्धारको कामना गर्दै मंसिर १७ देखी २५ गते सम्म हुने भएको हो ।

 

 

श्रीमददेवीभागवत महापुराण ज्ञान् महायज्ञमा वराहक्षेत्रका भगवान्का सेवक १८ पुराणका प्रवक्ता पं. योगेश वराहक्षेत्रको मुखारविन्दबाट श्रीमद्देवीभागवतको कथा प्रवचन गर्ने जनाईएको छ । श्रीमद्देवीभागवत महापुराण ज्ञान् महायज्ञको लागि अहिले धमाधम तयारी भईरहेको छ । महापुराण ज्ञान् महायज्ञका आवश्यक पर्ने सालको पातको टपरी बुन्ने काम आमा भजन समुहले दैनिक गर्दै आएका छन् ।


श्रीमद्देवीभागवत महापुराण ज्ञान् महायज्ञ मंसिर १७ गतेबाट कलश यात्रा सुरुभई पाठ पारायण आरतीपुष्पाञ्जली, महात्म्य पाठ कथा झाकि सहित भजन किर्तन, लाखबत्ती प्रज्वलन हुने आश्रमकी अध्यक्ष सिता पोखरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्