विराटनगर । नेपालमा अध्ययनरत र विभिन्न उद्योग व्यवसायमा संलग्न भारतीय नागरिकहरूको विवरण विराटनगरमा दर्ता तथा नवीकरण गरिएको छ । मोरङ उद्योग व्यापार संघले भारतीय दूतावाससँगको सहकार्यमा शनिबारदेखि दुई दिने रजिष्ट्रेशन क्याम्प सुरु गरेको हो ।

शनिबार विराटनगरमा बसोबास गरिरहेका अधिकांश भारतीय नागरिकहरूको दर्ता तथा नवीकरण कार्य गरेको जनाइएको छ । नाम दर्ता तथा नवीकरण गरेका भारतीय नागरिकहरूलाई दर्ता संघका अध्यक्ष अनुपम राठी र भारतीय दूतावासका पदाधिकारी प्रतिनिधि आरपी सिंहले संयुक्त रुपमा दर्ता प्रमाणपत्र प्रदान गरेका छन् ।
