कोशी पर्यटन वर्ष : तेह्रथुममा चैतमा उद्घाटन, मन्त्रालयमा कार्यविधीका लागि घुमफिर

<span class='c1'>कोशी पर्यटन वर्ष : तेह्रथुममा चैतमा</span> <span class='c2'>उद्घाटन, मन्त्रालयमा कार्यविधीका लागि घुमफिर</span>

विराटनगर । आर्थिक वर्ष २०८१÷२०८२ लाई तयारी र चालु आर्थिक वर्ष २०८२\२०८३ मा कोशी पर्यटन वर्ष मनाउने प्रदेश सरकारको घोषणा चार महिना बितिसक्दा सुनसान छ । तेह्रथुमको तीनजुरे मिल्के क्षेत्रमा २०८१ चैत ३० गते पर्यटन वर्ष २०८२ को शुभारम्भ गरिएको थियो । त्यसयता पर्यटन वर्षसँग सम्बन्धित कार्याक्रम हुन सकेका छैनन् ।

कोशी प्रदेश सरकार पर्यटन, वन तथा वातावरण मन्त्रालयमा चालु आर्थिक वर्षका लागि दश करोड रुपिँया रकम पर्यटन वर्ष २०८२ को लागि बिनियोजन भएको छ । विभागिय मन्त्रीको नेतृत्वमा पर्यटन व्यवसायी समेत सम्मिलित निर्देशन समिति गठन गरिएको छ । तर, पर्यटन वर्षसँग सम्बन्धित कुनैपनि कार्यक्रम अहिलेसम्म आयोजना गर्न नसकिएको निर्देशन समितिका सह–संयोजक तथा पर्यटन व्यवसायी भवेशकुमार श्रेष्ठको गुनासो छ ।

पर्यटन वन तथा वातावरण मन्त्रालयका उपसचिव तथा पर्यटन महाशाखा प्रमुख कृष्ण कुमार न्यौपानेका अनुसार कोशी पर्यटन वर्ष २०८२, व्यवस्थापन कार्यविधीमै त्रुटी भएकोले समस्या उत्पन्न भएको हो । यो कार्यविधी अनुसार पर्यटन वर्ष २०८२ सञ्चालनका लागि तीन तहको परिकल्पना गरिएको छ । जसमा सचिवालय, व्यवस्थापन समिति र निर्देशन समिति छ । मन्त्रालय भित्रै तीन तहको समितिले निर्णय गर्नुपर्ने भएपछि यसले झन्झट थपेको छ । संशोधन गर्दा समेत ५० प्रतिशत भन्दा बढी सुधार गर्नुपर्ने देखिएकोले नयाँ कार्यविधी बनाउनुपर्ने उपसचिव न्यौपानेले बताउँछन् । उनका अनुसार अहिले मुख्यमन्त्री कार्यालयमा नयाँ कार्यविधीको ड्राफ्ट पठाइएको छ । त्यस बाहेक आर्थिक र आन्तरिक मामिला मन्त्रालयमा सहमतिका लागि जानुपर्ने हुन्छ । यसो गर्दा शुभारम्भ गरिएको कोशी पर्यटन वर्षको अभियान अगाडी बढ्नमा आशंका बढ्दै गएको हो ।

‘कोशीको गौरव, हिमालको शान ः पर्यटन वर्षमा सबैलाई सम्मान ।’ पर्यटन वर्ष २०८२ को नारा तय भएको थियो । तर, गत भदौको जेनजी आन्दोलनपछि भारतबाट आउँदै गरेका पर्यटक समेत अहिले आउन छोडेको व्यवसायीहरु बताउँछन् । भारतमा नेपाल असुरक्षित रहेको सन्देश गइरहेको छ, सह–संयोजक तथा पर्यटन व्यवसायी श्रेष्ठले भने–त्यसलाई चिर्न नेपालका पर्यटन व्यवसायीहरु त्यहाँ पुग्न पर्दथ्यो तर जान सकिएन । श्रेष्ठका अनुसार पुरानो कार्यविधीमा टेकेर खर्च गर्न नमिल्ने स्थिति रहेको छ । अझै भारतमा गएर प्रदेश सरकार मातहतका कुनैपनि निकायले कार्यक्रम गर्दा भुक्तानी नपाइने प्रावधान ऐन, नियमावली र कार्यविधी रहेको उनको भनाई छ ।

उपसचिव न्यौपानेका अनुसार जेनजी आन्दोलनले पनि अन्यौलता बढाइदिएको छ । मन्त्रालयमा आगजनी भएको छ । त्यसको व्यवस्थापन गर्नमै असोज र कार्तिक खर्चनु परेको हो । तर, जेनजी आन्दोलन अगाडी कार्यविधीमा भएका असजिलाहरु टुङ्ग्याउन सकेको भए अब हिउँद लागेपछि अभियान सुरु गर्न सहज हुने विश्वास छ । न्यौपाने मन्त्रालयमा एक हप्ता अगाडी मात्रै हाँजिर भएका हुन् ।
कोशी पर्यटन वर्षलाई अझैपनि अगाडी बढाउन सक्ने संभावना रहेको श्रेष्ठको बुझाई छ । त्यसका लागि कार्यविधी संशोधन सकाएर आगामी फागुन २१ अगाडीसम्म प्रचार–प्रसार तिव्र पार्ने र त्यसपछि चैत, बैशाख र जेठमा पर्यटक भित्र्याउन सकिने बुझाई छ । श्रेष्ठले कोशी प्रदेश सबै नाकाहरुबाट पर्यटक भित्रने वातावरण तयार पार्नुपर्ने सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्