विराटनगरमा रेल आउनु अगाडी नै चोरले लगिसक्यो लिक चेन्जरको मोटरपोइन्ट

<span class='c1'>विराटनगरमा रेल आउनु अगाडी नै</span> <span class='c2'>चोरले लगिसक्यो लिक चेन्जरको मोटरपोइन्ट</span>

विराटनगर । नेपाल–भारत पारवहन सन्धिको प्रोटोकल संशोधन गर्ने विनियमपत्रमा हस्ताक्षर भएपछि विराटनगर–१८ स्थित आईसिपीसम्म कार्गो रेल आउनेमा हर्षोबढाँई छ । तर, भारतको बथनाहादेखि विराटनगरको आईसिपी नजिक नेपाल कष्टम यार्ड पुग्दा त्यस्तो लाग्दैन । भारतले निर्माण गरिदिएको रेलमार्गको लिकमा घाँसले छोपेको छ । त्यो त रेलका लागि सामान्य हो । त्यस बाहेक विराटनगर–१८ नेपाल कष्टम यार्ड आसपासमा रहेका लिक चेन्जरका मोटर पोइन्ट भने चोरी भइसकेका छन् ।

रेल आउने कुराको चर्चा विरानगरमा भएपनि रेलका लिक भने सहिसलामत छैनन् । त्यति मात्रै हैन नेपाल कष्टम यार्डको भवनमा बिद्युत पनि छैन । बिद्युत बक्यौता बुझाउन नसक्दा लाइट काटिएको दश महिना बितिसकेको छ ।

नेपाल कष्टम यार्डदेखि एक किलोमिटर नजिक आईसिवाई (भारतको एकिकृत जाँचचौकी) छ । त्यहाँदेखि नेपाल कष्टम यार्डसम्म रेल आउन पाँच मिनेट पनि लाग्दैन । तर, नेपालतर्फको रेल–वे लिकका मोटर पोइन्टका तार समेत चोरिसकेका छन् । नेपाल कष्टम यार्डको रेखदेखमा रेलवे कम्पनीका एकजना कर्मचारी छन् । कर्मचारी शिवजी मण्डलका अनुसार चोरले मोटर पोइन्ट भत्काएर त्यहाँबाट तामा र पित्तलको तार चोरिदिएको हो ।

रेलको लिकको ट्रयाक चेन्ज गर्न कष्टम यार्ड भित्रको कन्ट्रोल रुमसँग मोटर पोइन्टको कनेक्सन हुन्छ । नेपाल कष्टममा चारवटा लिक छन् । जसमध्ये कुन लिकतर्फ सामान अनलोड गर्ने भन्नका लागि मालवस्तु बोकेर आएको रेललाई डाइभर्ट गराउन मोटर पोइन्टको सहयताबाट लिक चेन्ज हुन्छ । अर्थात, कन्ट्रोल रुमले चार नम्बर लिक सेट गरेपछि मोटरपोइन्ट त्यसको बाटो मिलाउने काम गर्दछ ।
रेलवेका लागि बनेका संरचनामा चोरी हुने क्रम बढेपछि अस्थायी प्रहरी पोष्ट भेडियारी समेत स्थापना गरिएको छ । तर, चोरले राती चोर्छ भन्ने सम्झेर गस्ती गर्दा साँझमै चोरीसकेको थियो ।

मण्डलका अनुसार छ नेपाल कष्टम यार्ड आसपास छ वटा मोटर पोइन्ट छन्, ती सबै चोरले फुटाएर लगिसकेको छ । त्यस बाहेक नेपाल कष्टम यार्ड बिद्युतविहीन रहेको छ । आजसम्मको बिद्युतको बक्यौता ४० लाख बुझाउन बाँकी रहेपछि लाइन काटिएको १० महिना पुग्न लागिसकेको छ । अस्थायी प्रहरी पोष्टका लागि व्यक्तिको घरबाट बिद्युत तानिएको मण्डलले जानकारी दिएका छन् ।
भारतको बथनाहादेखि आईसिपी नेपाल कष्टम यार्डसम्म ७ किलोमिटर दुरीमा रेल वे निर्माण सम्पन्न भइसकेको छ । बाँकी क्षेत्रको कामका लागि भारतीय कम्पनी इर्कोनले अहिले ठेक्का आह्वान गरेको छ । कटहरी–१ को अन्तिम रेलवे स्टेशनका लागि जग्गा विवाद समाधान भएपछि घेराबेरा गरिएको मण्डलले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्