विराटनगर । विराटनगर–१३ स्थितबाट लागू औषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध बेचबिखन भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
चेकजाँचको क्रममा जहदा गाउँपालिका–१ का उपेन्द्र यादव र अजय कुमार यादवलाई ७६ ग्राम ५० मिलिग्राम ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।