विराटनगर । नेपाल प्रहरीका डीआईजी जयराज सापकोटा कारबाहीमा परेका छन् । विराटनगर निवासी सापकोटा डिआईज्ी सरुवामा असन्तुष्ट थिए । उनी कोशी प्रदेशमा आउन चाहेका थिए । तर, निर्वाचन लक्षित सुरक्षा व्यवस्थापन गर्नुपर्ने भएकोले बिनोद घिमिरेलाई खटाइएको छ । नेपाली काँग्रेस मोरङका नेता दिलिप सापकोटाका छोरा हुन् जयराज । उनी यस अगाडी कोशी प्रदेश प्रहरी कार्यालयमा एसएसपी हुँदा बसेका थिए । त्यसबेला पनि सीमातिर रजगज बढेको बताइन्छ ।
सामाजिक सञ्जाल फेसबुकमा डीआईजी सरुवाको विषयलाई लिएर स्टाटस लेखेपछि प्रहरी हेडक्वाटरले अहिले कारबाही प्रक्रिया अघि बढाएको हो । उनलाई विभागीय कारबाहीको प्रक्रिया अघि बढाइएको छ । ‘मिडिया नीति तथा आचार संहिता विपरीत काम गरेका कारबाही प्रक्रिया अघि बढाएको बताइएको छ । यद्यपी प्रहरीले यस विषयमा आधिकारिक धारणा सार्वजानिक गरेको छैन ।
कार्य विभागमा कार्यरत डीआईजी सापकोटाले केही दिन अघि तीन डीआईजीको सरुवा भएपछि त्यसमा असन्तुष्टि जनाउँदै ‘हम कभी नही सुध्रेङ्गे, नेपाल पुलिस डीआईजी पोस्टिङ’ भनेर फेसबुकमा लेखेका थिए । उनको यो स्टाटस प्रहरी नियमावली २०७१ विपरित, मिडिया नीति २०६० विपरित, आचार संहिता २०७७ विपरित भएकाले कारबाही अघि बढाइएको प्रहरीले बताएको छ ।
समाचारमा दिलिप सापकोटा हुनुपर्ने मा भुलबस अन्यथा हुन गएकोप्रति क्षमा माग्दछौ । - सम्पादक