विद्यालय सञ्चालन र नेतृत्व विकासमा ‘लिडरसिप समिट’ ईटहरीमा कार्यक्रम हुदै

<span class='c1'>विद्यालय सञ्चालन र नेतृत्व विकासमा</span> <span class='c2'>‘लिडरसिप समिट’ ईटहरीमा कार्यक्रम हुदै</span>

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कोशी प्रदेश समितिले विद्यालय सञ्चालन र नेतृत्व विकास गर्ने उद्देश्यले ‘लिडरसिप समिट’ आयोजना गर्ने भएको छ । सुनसरीको इटहरीस्थित होटल सोल्टीमा आगामी मंसिर २६ गते एक दिने सम्मेलन आयोजकले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ ।

‘सस्टेनेबल लिडरसिप एण्ड वेलबिइङ इन स्कूल्स’ अर्थात् विद्यालयमा दिगो नेतृत्व र भलाई भन्ने मूल विषयवस्तुमा आधारित रहेर समिट आयोजना गर्न लागिएको हो । विद्यालय नेतृत्वलाई दिगो, व्यावसायिक, समावेशी र भविष्यमुखी बनाउँदै विद्यालयलाई सुरक्षित र सिकाइ–मैत्री बनाउन सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम तय गरिएको प्याब्सन कोशी प्रदेशले जनाएको छ ।

सम्मेलनमा कोशी प्रदेशका १४ वटै जिल्लाबाट करिब ३ सय जना विद्यालय सञ्चालक तथा प्रिन्सिपलहरूको उत्साहजनक सहभागिता रहने प्याब्सन कोशी प्रदेशका कोषाध्यक्ष प्रेमलाल सिंह सुवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्