मोरङ ,मङ्सिर १४।
राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङ निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश सभा ‘ख’ को अधिवेशनबाट प्रवीण थापा मगर अध्यक्षमा निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न अधिवेशनमा ३१ मत मध्ये २३ मत ल्याउँदै उनले विजयी हासिल गरेका हुन्।
थापा मगरले प्रतिस्पर्धी राजेश बानिया (क्षेत्री) लाई पराजित गरेका थिए।
अधिवेशन पार्टीका केन्द्रीय महामन्त्री प्रलाद शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
अधिवेशनले १४ सदसिय समिति पनि गठन गरेको छ ।