विराटनगरको जनता आदर्श क्याम्पसको भवन निर्माणमा ढिलासुस्ती

<span class='c1'>विराटनगरको जनता आदर्श क्याम्पसको</span> <span class='c2'>भवन निर्माणमा ढिलासुस्ती</span>

सोनु साह
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत जनता आदर्श बहुमुखी क्याम्पसमा नयाँ तीनतले शैक्षिक भवन निर्माण कार्य सुस्त देखिएको छ । विद्यार्थी संख्या तीव्र रूपमा बढिरहेको अवस्थामा एउटै भवनमा तीनवटा क्याम्पस सञ्चालन गर्न कठिन भएपछि नयाँ संरचना निर्माण थाले पनि कामले पर्याप्त गति लिन नसकेको देखिएको हो।

शैक्षिक वर्ष २०७९÷८० देखि विद्यार्थी संख्या बढेपछि कलेज अफ ल, जनता आदर्श बहुमुखी क्याम्पस र जनसंख्या तथा विकास अध्ययन केन्द्र एउटै भवनमा सञ्चालन हुँदै आएका छन्। स्नातकदेखि स्नातकोत्तरस्तरसम्मका कक्षाका लागि कक्षाकोठा अभाव भएपछि बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म कक्षा सञ्चालन गर्न बाध्य हुनुपरेको क्याम्पस प्रशासनले जनाएको छ।
हाल क्याम्पसमा १ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। नयाँ भर्ना भएका विद्यार्थीका लागि कक्षाको व्यवस्था मिलाउन क्याम्पस परिसरमै रहेको पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालयका कोठा लिएर कक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ। बि।एल।एल।बि। तर्फका नयाँ विद्यार्थीको कक्षा मंसिर १५ गतेदेखि सुरु हुने भएको छ।

नयाँ भवन निर्माणका लागि क्याम्पस र भुमिस्थान÷भोलेनाथ जेभीसँग २ करोड ३४ लाख ५८ हजार ७०१ (मूल्य अभिबृद्धि कर बाहेक) को ठेक्का सम्झौता २०८२ बैशाख ३० गते भएको थियो। निर्माण सम्पन्न २०८३ साउन २९ गते सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।
साइड इन्जिनियर राजु शर्माका अनुसार हालसम्म ३० प्रतिशत मात्र काम सम्पन्न भएको छ। वर्षाको पानी, साइट क्लियर नहुनु र जेन्जी आन्दोलनका कारण ढिलाइ भए पनि तोकिएको समयमै काम सकिने दाबी गरिएको छ। तर, स्थल निरीक्षण गर्दा तल्लो तहको काम समेत पूरा नभएको र कामदारहरू नियमित रूपमा उपस्थित नभएको देखिन्छ, जसले निर्माण कार्य सुस्त गतिमा भइरहेको स्पष्ट हुन्छ।
ओवी सहकर्मीले निर्माण कम्पनीका अधिकारीसँग सम्पर्क गर्ने प्रयास गरिएको तर सम्पर्क हुन सकेको छैन। ठेकदारको ढिलासुस्तीका कारण विद्यार्थीको अध्ययन प्रभावित भइरहेको देखिन्छ ।


क्याम्पस प्रमुख महेश निरौलाका अनुसार साईड क्लियरनेस नभएका कारण काममा ढिलासुस्ती भएको हो । अहिलेसम्म ३० प्रतिशत भौतिक प्रगती र वित्तीय प्रगती ५ प्रतिशत मात्रै रहेको छ । क्याम्पसले भवन निर्माण समयमै सम्पन्न भई नयाँ संरचना तयार भएपछि विद्यार्थीलाई सहज, व्यवस्थित र गुणस्तरीय पठन–पाठन वातावरण उपलब्ध हुने अपेक्षा व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्