विराटनगर , मङ्सिर १५ ,
विराटनगरको रंगेली रोडस्थित मेरिल्याण्ड कलेजले आफ्ना टपर विद्यार्थीहरुलाई आज एक कार्यक्रमबीच सम्मान गरेको छ । कलेजमा पढिरहेका विद्यार्थीहरुको पहिलो त्रैमासिक परिक्षामा टप-१० मा आएका विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको कलेजका प्राध्यनाध्यापक लक्ष्मण ढकालले जानकारी दिए ।
विद्यार्थीहरुको पढाई प्रतिको रुची वृद्धि गर्न उक्त सम्मान गरिएको ढकालले बताए ।
