विराटनगर । स्वर संगम संगीतालयको ३१औं वार्षिकोत्सव तथा स्वर सम्राट नारायण गोपालको ३५औं स्मृति दिवस मंसिर १८ गते विराटनगर–१ हाटखोलास्थित ठूलो हलमा आयोजना हुने भएको छ। कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश प्रमुख परशुराम खापुङ रहने जनाइएको छ।
उत्सवको अवसरमा विभिन्न क्षेत्रका स्थापित तथा उदाउँदो प्रतिभाहरूलाई सम्मान गरिनेछ। संगीत क्षेत्रमा गायक कुबेर राई, साहित्य क्षेत्रमा भवानीप्रसाद पोखरेल, ललितकला क्षेत्रमा अनुराधा थापा तथा समाजसेवातर्फ वरिष्ठ समाजसेवी सीता पोखरेललाई सम्मान प्रदान गरिने कार्यक्रमका संयोजकले जानकारी दिए।
त्यस्तै, संगीतालयको स्थापना तथा विकासमा उल्लेखनीय योगदान पु¥याएको भन्दै प्रशिक्षार्थी विभूतिराज कोइराला र श्यामकृष्ण बाँस्कोटालाई ‘नव प्रतिभा सम्मान’ दिइनेछ। कार्यक्रमको क्रममा संगीतालयका छात्र–छात्राले विविध सांगीतिक प्रस्तुति प्रस्तुत गर्ने जनाइएको छ।