विराटनगर मङ्सिर १६ , विराटनगर इन्टरनेसनल कलेजका बिएसी अनर्स ईन्टरनेशनल बिजनेस म्यानेजमेन्ट र हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थी दीक्षित भएका छन् । बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयको सहकार्यमा संचालित सो कलेजले चार वर्ष बिजनेस म्यानेजमेन्ट र ३ बर्ष हस्पिटालिटी म्यानेजमेन्ट अध्ययन पश्चात बिद्यार्थीहरुलाई दीक्षित गरेको हो । इटहरीको सोल्टी होटेलमा सोमबार आयोजित कार्यक्रमका बीच विद्यार्थीहरुलाई दीक्षित गरिएको थियो । कलेजका ६४ जना विद्यार्थी दिक्षान्त कार्यक्रममा सामेल भएका थिए। वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयकी एसोसियट डीन लिशा मिलरले बिद्यार्थीहरुलाई दीक्षित गरेकी थिइन ।
कार्यक्रममा आइएनजी हाइयर एजुकेशनका भाइस प्रेसिडेन्ट प्रकाश श्रेष्ठका अनुसार व्यवस्थापनमा मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन गर्ने उद्देश्यले कलेज स्थापना गरिएको र नेपाली बजार मात्रै हैन विश्वबजारलाई काम लाग्ने जनशक्ति उत्पादन गर्न सफल हुदै आएको बताए । कलेजमा बिद्यार्थीहरुले अन्तर्राष्ट्रिय शिक्षा पाउन सफल भएको साथै नेपाल र नेपाल बाहिर पनि विद्यार्थीहरुले रोजगारीमा उच्च लगनका साथ काम गर्न सक्ने बुढाथोकीले बताए ।

कार्यक्रममा आइएनजी पोस्ट ग्राजुएट छात्रवृत्ति राघव अटलले पाउन सफल भएका थिए। उक्त छात्रवृत्तिमा निशुल्क स्नाकोत्तर पढ्न र आइएनजी ग्रुपको कुनैपनि कम्पनीमा विद्यार्थीले रोजगारी समेत पाउनेछन ।
इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजले विदेश नै गएर ठुलो लगानीमा अन्तरास्ट्रिय शिक्षा लिनुपर्ने बाध्यतालाई चिर्दै नेपालमै बेलायतका कोर्ष सर्वसुलभ खर्चमा पढाउदै आएको छ ।