विराटनगर । विराटनगरसँग जोडिएका सीमा नाकामा कडाई भएसँगै लागुऔषध कारबोरीले नाका फेरेका छन् । प्रहरीले मोरङको धनपालथान गाउँपालिका–१ गडेरीया नाकामा भित्र्याइएको ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल बरामद गरेको छ । यो प्रतिबन्धित औषधी हो ।
मोरङको धनपालथान गाउँपालिका–१ गडेरीया स्थितबाट बेबारीसे अवस्थामा रहेको प्रतिबन्धित औषधी ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल प्रहरीले बरामद गरेको छ । मंसिर १६ गते बिशेष सूचनाको आधारमा प्रहरी चौकी गडेरीयाबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका–१ गडेरीया टोल स्थित बाँसको झ्याङमा २ वटा झोलामा बेवारिसे अवस्थामा रहेको प्रतिबन्धित औषधि ट्रामोल २९ हजार ६ सय ८० क्याप्सुल बरामद गरेको हो ।
लागूऔषध बरामद भए संगै ओसार पसारमा संलग्न व्यक्तिको खोजतलास तथा थप अनुसन्धान भईरहेको छ । यसैगरी चेकजाँचको क्रममा सुनसरीको अस्थायी प्रहरी बिट जोरसखुवाले धरान१३ स्थितबाट प्रतिवन्धित औषधी २७६ चक्की सहित १ जनालाई पक्राउ गरेको छ ।