विराटनगर मङ्सिर १८ ,
विराटनगरको वडा नम्बर ५ स्थित सम्झना चोकमा अवस्थित एकेडेमी अफ ब्राइट चिल्ड्रेन (एबिसी स्कुल) द्वारा एक दिने निशुल्क आँखा शिविर आयोजना हुने भएको छ। विद्यालयले यहि मङ्सिर २० गते शनिबार बिहान ९ बजे देखि दिउँसो १ बजे सम्म सञ्चालन गर्न लागेको शिविर रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न हुनेछ।
शिविर पूर्ण रूपमा निशुल्क रहनेछ भने विद्यालयका विद्यार्थी, अभिभावक तथा आसपासका सम्पूर्ण स्थानीय बासिन्दाले सेवा लिन सक्ने विद्यालयले जनाएको छ।
स्कुल प्राङ्गणमै सञ्चालन हुने यस शिविरमार्फत सहभागीहरूले आधारभूत आँखा परीक्षण तथा परामर्श सेवाहरू पाउनेछन्।