पूर्वाञ्चल विश्वविद्यालयमा फेरी राजनीति, विराटनगरबाट डीन कार्यालय सार्न खोज्दा तालाबन्दी

<span class='c1'>पूर्वाञ्चल विश्वविद्यालयमा फेरी राजनीति, विराटनगरबाट</span> <span class='c2'>डीन कार्यालय सार्न खोज्दा तालाबन्दी</span>

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि)को डीन कार्यालय स्थान्तरण गर्ने विषय स्वार्थ केन्द्रीत राजनीतिकरणमा बदलिएको छ । विराटनगर–१ स्थित जनता क्याम्पस परिसरमा रहेको डीन कर्याालय गोलठाउँस्थित केन्द्रीय कार्यालयमा स्थान्तरण गर्ने निर्णय भएपछि नेपाली काँग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी संगठनले डीन कार्यालयमा तालाबन्दी गरिदिएका हुन् ।
जबकी विश्वविद्यालयले डीन कार्यालयलाई केन्द्रीय कार्यालयकै अंगको रुपमा मानिन्छ । त्यहि भएर डीन कार्यालय केन्द्रीय कार्यालयमा सार्ने निर्णय गरेर काम सुरु गरिएको थियो । तर, गोठगाउँस्थित केन्द्रीय कार्यालयमा सार्ने निर्णयसँगै सामान पनि लाने तयारी गरिएपछि नेपाली काँग्रेसका स्थानीय नेता कृष्ण कार्की, तरुण दलका नेता विमल भट्टराई र अखिल क्रान्तिकारीका केन्द्रीय सचिव रहेका अमर मण्डल  समेतको अगुवाईमा तालाबन्दी गरिएको हो ।

जनता क्याम्पसको नवनिर्मित भवनमा पूविको कला, कानुन तथा शिक्षा सङ्काय, विज्ञान तथा प्रविधि सङ्काय, इञ्जिनियरिङ सङ्काय र व्यवस्थापन सङ्कायका डीन कार्यालयहरू सञ्चालनमा रहेका छन् । यी कार्यालयहरु हुँदा विद्यार्थीलाई पठनपाठन गर्न कक्षाकोठा अभाव भएको छ । पहिला डीन कार्यालयहरु भाडाको घरमा थिए । तर, भाडाको घरमा नभएर आफ्नै संरचनामा व्यवस्थापन गर्नुपर्ने नीति अनुसार जनता क्याम्पसमा राखिएको थियो ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा.बिजु थपलियाका अनुसार केन्द्रीय कार्यालयकै अंग भएका डीन कार्यालयहरु सार्ने निर्णयपछि अहिले केहि स्थानीयले तालाबन्दी गरेर विरोध जनाएका छन् । तर, विरोध जनाउनुपर्ने कुरा चाँहि थिएन । उपकुलपति थपलियाका अनुसार त्यहाँबाट कला, कानुन तथा शिक्षा संकाय र विज्ञान, प्रविधि संकाय अहिले सार्ने र बाँकी दुईवटा डीन कार्यालय सम्बन्धित क्याम्पस परिसरमै स्थान्तरण गर्ने योजना छ । किनकी त्यहाँ विद्यार्थीको चाप बढ्दै गएपछि कक्षाकोठा व्यवस्थापन गर्नुपर्ने स्थिति छ ।
गत शनिबार त्यहाँबाट केहि सामान लगिसकिएको पनि छ । कर्मचारीको हाँजिरी समेत केन्द्रीय कार्यालयमै गर्न थालिएको छ । तर, आइतबार बेलुका जनता क्याम्पस परिसरको मूल प्रवेशद्वारमा ताला लगाएपछि बाँकी केहि सामान सार्ने कुरा पनि अलमलमा छ । त्यस बाहेक अन्य दुईवटा डीन कार्यालयको काममा पनि अवरोध भएको छ । सोमबार डीन कार्यालय भवनको मूल प्रवेशद्वारमा समेत पुनः ताला लगाइएको हो ।

ताला लगाउने समूहमध्ये तरुणदलका नेता बिमल भट्टराईले विद्यार्थीले ताला लगाएको प्रतिक्रिया दिए । यसैगरी काँग्रेसका नेता कृष्ण कार्कीले स्थानीयले ताला लगाएको बताए । उनले आफु समन्वय गर्न मात्रै गएको बताए । तर, पूर्वाञ्चल विश्वविद्यालयमा गरिने राजनीतिक भने यो नयाँ नभएर पुरानै हो ।
यसैगरी अखिल क्रान्तिकारीका केन्द्रीय सचिव अमर मण्डलले भने स्थानीयले ताला लगाएको बताए । उनले अन्य कार्यालय पनि भाडामा रहेकोले विराटनगर महानगरपालिका भित्रका कार्यालय सार्ने कुरामा सहमति जनाउन नसकिने बताए । उनले उपकुलपति, रजिष्टारको कार्यालय सरिसकेको अब डीन कार्यालय पनि सारेर क्याम्पस पनि सार्ने संभावना देखिएको जिकीर गरे । तालाबन्दीका कारण डीन कार्यालय परिसरभित्र केन्द्रीय कार्यालय जाने बस पनि रोकिएको छ । कर्मचारी लिएर जाने बस नै भित्र रोकेर उनीहरुले अनावश्यक दवाव सिर्जना गर्न खोजेका छन् ।

भाडाको घरबाट क्याम्पसमा डीन कार्यालय सार्दा समेत केन्द्रीय कार्यालय परिसरमा व्यवस्थापन नहुँदासम्म भनिएको उपकुलपति थपलिया बताउँछन् । तर, अहिले त्यहि कुरा झमेला भईदिएको उनले गुनासो गरे । भने–डीन कार्यालय भनेका केन्द्रीय कार्यालयका अंग हुन्, त्यसैले सबै क्रमशः स्थान्तरण गर्नैपर्छ । विद्यार्थीको असुविधालाई हेरेर अहिले सार्न लागिएको हो । यस विषयमा अहिले बारम्बार वार्ता बसिरहेको छ । वार्तामा कार्यालय सार्न नहुने जिकीर पनि छ । त्यस बाहेक कार्यालय सारेपनि हुन्छ तर आन्दोलनको मर्म पनि मर्न नहुने आशय समेत राख्न थालिएको छ ।
गोठगाउँमा पूविको ८०५ बिघा जग्गा छ । त्यहाँ विश्वविद्यालयका लागि आवश्यक पर्ने संरचना जतिपनि बनाउँदा पुग्ने स्थिति रहेको छ । अहिले मेडिकल कलेज समेत बनिरहेको छ । त्यस बाहेक आउन र जानका लागि सडकको पहुँचका विकल्प पनि धेरै रहेका छन् ।
तालाबन्दी कै कारण बिहीबार पूर्वाञ्चल विश्वविद्यालय (पूवि) डीन कार्यालय पुष्पलालचोकमा हुने भनिएका प्राध्यापक संघको साधारण सभा विज्ञान तथा प्रविधि (पुस्याट–पुसोई) कलेजको सभाहलमा आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्