३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा स्टेलर सेन्टरमा स्पेसल र पारा टीटी प्रतियोगिता सम्पन्न

<span class='c1'>३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा स्टेलर सेन्टरमा</span> <span class='c2'>स्पेसल र पारा टीटी प्रतियोगिता सम्पन्न</span>

मोरङ । ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बिराटनगर ३ दुर्गा चौकस्थित स्टेलर टेबल टेनिस सेन्टरमा एक दिने स्पेसल र पारा टेबल टेनिस प्रतियोगीता २०२५ सम्पन्न भएको छ । प्रतियोगितामा महिला एकल पारा टीटी, पुरुष एकल पारा टीटी र पुरुष एकल बहिरा टीटी गरि ३ इभेन्टतर्फ १८ जना फरक क्षमता भएका खेलाडीहरु बिच प्रतिस्पर्धा भएको थियो ।

महिला एकल पारा टीटी तर्फ मोरङ जिल्ला बिराटनगरकी पुनम राजवंशी प्रथम, झापा जिल्ला भद्रपुरकी धनकुमारी राजवंशी द्वितीय र सुनसरी जिल्ला हरिनगराकी कुलसुम खातुन तृतीय भइन् । पुरुष एकल पारा टीटीतर्फ मोरङ बिराटनगरका अनुज कट्वाल प्रथम, मोरङ कटहरीका काव्य राजवंशी द्वितीय र तेह्रथुमका समीर तामाङ तृतीय भए ।

त्यसै गरि पुरुष एकल बहिरा टीटी तर्फ बिराट बहिरा माध्यमिक बिद्यालयका सुजन लिम्बू प्रथम, सोही बिद्यालयका पवेल राई र रबिन खतिवडा क्रमशः द्वितीय र तृतीय भए । बिजेताहरुलाइ छ ६ पटकका स्ट्यान्डिङ पारा टेबल टेनिस राष्ट्रिय च्याम्पियन बिवेक राई , काबरा ग्रुप व्यापार प्रवर्धन प्रमुख मोनाली काबरा , सान्वी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत सचिन कर्ण र स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरका अध्यक्ष बिकेन थापाले पुरस्कार बितरण गरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्