रोजगारी खोज्नेसँग उद्योगको सीप छैन

<span class='c1'>रोजगारी खोज्नेसँग उद्योगको</span> <span class='c2'>सीप छैन</span>

विराटनगर । उद्योग व्यवसाय क्षेत्र र श्रम बजारका लागि आवश्यकता अनुरूप दक्ष जनशक्ति उत्पादन, सीप परीक्षण प्रणाली, प्रमाणीकरण तथा पूर्व सिकाइको मान्यताका सम्वन्धमा उद्योग संगठन मोरङको आयोजना र नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजनाको सहकार्यमा अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा संगठनका अध्यक्ष नन्दकिशोर राठीले व्यवहारिक सीप र क्षमताको महत्व दिनप्रतिदिन बढ्दै गएको वर्तमान परिप्रेक्ष्यमा उद्योगले चाहेअनुरूपको जनशक्ति नपाउनु ठूलो चुनौती रहेको उल्लेख गरे । उनले रोजगारी खोज्ने व्यक्तिको सीप र उद्योगले खोजिरहेको सीप बीचको खाडल घटाउन, सीपको प्रभावकारी मूल्याङ्कन तथा प्रमाणिकरण मार्फत उद्योगलाई आवश्यक दक्ष जनशक्ति विकास गर्नु सबैको साझा दायित्व भएको धारणा राखे । अध्यक्ष राठीले धेरै जनशक्तिसंग व्यवहारिक सीप भएपनि औपचारिक प्रमाणपत्र नहुनु ठूलो समस्या भएको वताउदै पूर्व सिकाइको मान्यतलाई औपचारिक स्वीकृति दिलाउन यस कार्यक्रमले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

संगठनका उपाध्यक्ष सुरेन्द्र गोल्छाले उद्योग व्यवसाय, सीप विकास र श्रम बजारबीचको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको वताउदै उनले दक्ष जनशक्ति विकासले प्रतिस्पर्धी र सक्षम औद्योगिक वातावरण निमार्णमा सहयोग पुग्ने धारणा राखे ।
उपाध्यक्ष विपिन कावराले लामो अनुभव र अभ्यासबाट सीप हासिल गरेका धेरै श्रमिकहरू औपचारिक प्रमाणपत्र नहुदा अवसरबाट वञ्चित हुदै गएको अवस्थामा सीप परीक्षण र पूर्व सिकाइको मान्यताले यिनै अनुभवी श्रमिकलाई औपचारिक पहिचान दिलाएर उनीहरूको क्षमतामा नया ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।

नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजनाका प्रमुख सुभाष घिमिरेले देशभर सीप परीक्षण, प्रमाणीकरण तथा पूर्व सिकाइ मान्यतालाई व्यवस्थित र दिगो बनाउन काम गरिरहेको जनाउदै श्रम बजारमै आधारित सीप प्रणाली विकास गर्नु आजको अवश्यकता भएको औल्याए । उनले अनुभवलाई औपचारिक मान्यता दिने, उद्योगमैत्री सीप परीक्षण विस्तार गर्ने र दक्ष जनशक्ति उत्पादनलाई व्यवस्थित बनाउने प्रयासमा निजी क्षेत्रको सक्रिय सहभागिता अत्यावश्यक रहेको वताउदै सीप विकासमा केन्द्रित संस्थाहरुबीच सहयोग सुदृढ भएमा स्थानीय तहमै रोजगारी सिर्जना र उत्पादकत्व अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहभागिहरुले उद्योगका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन, श्रमिकको सीप अभिवृद्धि तथा सीप परीक्षण प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि सामूहिक प्रयास आवश्यक रहेको र त्यसका लागि सबै सरोकारवालाको सक्रिय सहभागिताका लागि जोड दिएका थिए । कार्यक्रममा संगठनका कार्यसमिति सदस्यहरु, उद्योगी व्यवसायीहरु, विभिन्न ट्रेड युनियन, इन्स्योर परियोजना, एन.भि.क्यू.एस, पेशागत संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्