विराटनगर । विराटनगर–०२ दुर्गा चौकस्थित लर्ड बुद्ध निकेतन स्कूलले मंसिर १४ देखि १९ गतेसम्म आयोजना गरेको सात दिने ECA (Extra Co-Curricular Activities) सप्ताह सम्पन्न भएको छ। विद्यार्थीहरूको सिर्जनात्मकता र प्रतिभा उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा Nursery देखि कक्षा १० सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको विद्यालयले जनाएको छ।


सप्ताहभर विद्यालयले चित्रकला, कविता/राइम्स, गीत, नृत्य, क्विज (Quiz), तथा वाद–विवाद प्रतियोगितासहित विभिन्न अतिरिक्त गतिविधिहरू सञ्चालन गर्यो। विविध प्रतिस्पर्धामा ३०० भन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाउँदै आफ्नो दक्षता र क्षमता प्रदर्शन गरेका थिए।



कार्यक्रमको समापन दिवसमा विद्यालय प्रशासनको उपस्थितिमा उत्कृष्ट प्रदर्शन गर्ने ५० जना विद्यार्थीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको विद्यालयले जनाएको छ। विद्यालयका अनुसार, “LBN ECA WEEK को अन्तिम दिन विभिन्न अतिरिक्त गतिविधिका ५० जना उत्कृष्ट विद्यार्थीहरूलाई विद्यालयले पुरस्कृत गर्यो,” जसले विद्यार्थीहरूलाई थप प्रेरित गरेको छ।
विद्यालयले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको सिर्जनात्मकता, आत्मविश्वास तथा नेतृत्व कौशल विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।