डल्फिन एजुकेसन ब्याचलर ३x३ बास्केटबल प्रतियोगिता सम्पन्न

<span class='c1'>डल्फिन एजुकेसन ब्याचलर ३x३</span> <span class='c2'>बास्केटबल प्रतियोगिता सम्पन्न</span>

विराटनगर । विराट मेडिकल कलेज टिचिङ अस्पतालको कोर्टमा हिजो सम्पन्न डल्फिन एजुकेसन ब्याचलर ३x३ बास्केटबल प्रतियोगिता २०२५ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा छात्रतर्फ ८ टिम र छात्रातर्फ २ टिम सहभागी भएका थिए।

छात्रतर्फ इटहरी इन्टरनेशनल कलेज ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पार्यो भने महेंद्र मोरङ आदर्श बहुमुखी क्याम्पस उपविजेता बन्यो।
छात्रातर्फ भने महेंद्र मोरङ आदर्श बहुमुखी क्याम्पस ले विजेता बनेर ट्रफी उठायो।

प्रतियोगिता एकदिने लिग–नकआउट प्रणालीमा सम्पन्न भएको थियो। विजेता तथा उपविजेतालाई नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिताका सन्योजक मुकेश यादवले जानकारी दिए। छात्रतर्फ इटहरी इन्टरनेशनल कलेजका प्रथम राई उत्कृष्ट प्रदर्शनका आधारमा एमभिपि घोषित भए। छात्रातर्फ महेन्द्र मोरङ आदर्श क्याम्पसकी प्रगती कर्ण एमभिपि बनिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्