६० दिनपछि अंशु गौतमको बलात्कारपछि हत्या आरोपमा ५९ वर्षीय छिमेकी अधिकारी सार्वजानिक

<span class='c1'>६० दिनपछि अंशु गौतमको बलात्कारपछि हत्या</span> <span class='c2'>आरोपमा ५९ वर्षीय छिमेकी अधिकारी सार्वजानिक</span>

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ फडानी बस्ने नविन गौतमकी १२ वर्षीया छोरी अंशुको बलात्कारपछि हत्यामा संलग्न आरोपमा छिमेकी पक्राउ परेका छन् । अंशु असोज २१ गतेदेखि हराएकी थिइन् । कार्तिक ७ गते भेट्दा उनको शव कुहिएको स्थितिमा लेटाङ नगरपालिका २ बेलबारी चिसाङ साझेदारी वनमा थियो । कक्षा ५ मा अध्ययन गरिरहेकी उनको हत्या भने छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीले गरेको खुलेको छ ।

त्यो पनि बलात्कारपछि हत्या । प्रहरीले यो घटना अनुसन्धानका लागि अंशु वेपत्ता भएको २१ असोजदेखि कार्तिक ७ गतेसम्म एउटा प्रक्रिया र कार्तिक ७ गते शव फेला परेपछि अर्को प्रक्रियाबाट थालेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कबित कटुवालका अनुसार अप्रेशन जस्टिक फर अंशु (जग) चलाएको थियो । जसमा जिल्ला प्रहरी कार्यालय मोरङ, प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो समेत सहभागी भएको थियो ।

वेपत्ता भएको १८ दिनपछि कार्तिक ७ गते सढेको अवस्था शव फेला परेकी अंशुलाई लेटाङ–२ का पदम बहादुर अधिकारीले असोज २१ गते घाँस काट्न साथी लिएर जंगल लगेका थिए । छिमेकी भएपनि पारिवारिक सम्बन्ध सुमधुर भने थिएन । त्यहि कारणले अधिकारीले उनलाई जंगलको पस्ने स्थानमा भेटन बोलाएर साइकलमा राखिकन चार किलोमिटर दुरीमा पु¥याएको खुलेको छ । प्रहरी उपरीक्षक कटुवालले उनको हत्या अधिकारीबाट बलात्कारपछि भएको खुलेको छ । उनले जंगल लैजादाँ समेत यहि लक्ष्यका लागि लगेको बयानमा खुलाएका छन् ।

प्रहरी उपरीक्षक कटुवालका अनुसार पहिले बलात्कार अनि घाँटी थिचेर हत्या गरेका अधिकारीले हँसियाले काटेर शव टुक्राई घर फर्किएका थिए । त्यसपछि १२ वर्षीया अंशु वेपत्ता भएको खबर गाउँघरमा हुन थालेपछि उनीपनि सार मिलाउँदै हिँडेका पनि थिए । जब कार्तिक ७ गते शव बरामद भयो, त्यसपछि भने प्रहरीले गाउँघरमा अनुसन्धानको दायरा बढाउँदै लग्यो । अनुसन्धानका क्रममा ३०० जनासँग सोधपुछ गरेको प्रहरीले ५४ जनालाई लिखित कागज समेत गराएको थियो । त्यसपछि गत कार्तिक १९ गते अधिकारी भने भारतको मेघालय गएका थिए । उनी मेघालय गएपछि शंकाको घेरा बढ्दै गएको थियो ।

उनी मेघालय जाने अघिल्लो दिन आफ्ना छोरालाई कारागारबाट निकालेका थिए । छोरा समेत युवतीलाई जर्बरजस्ती करणी गरेको आरोप लागेर कारागार पुगेका थिए । दुईवर्ष बढी कैद भुक्तान गरेपछि उनी कार्तिक १८ गते निस्कदाँ अधिकारीले नै घर पु¥याएका थिए । तर, त्यस दिन उनले आफुलाई विरक्त लागेको र घर छोडेर बाहिर जान मन लागेको बताउँदै घर छोराले हेर्नुपर्ने सुनाएका थिए । अनि कार्तिक १९ गते गएपछि मंसिर १९ गते उनलाई पक्राउ गरेको हो ।

प्रहरीले अधिकारी विरुद्ध मोरङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ । उनी विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–१२ ज्यान सम्बन्धी कसुर अन्तर्गत (दफा १७७) र परिच्छेद १८ करणी सम्बन्धी कसुर अन्तर्गत जर्बरजस्ती करणी गर्न नहुने (दफा २१९) र मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा (४१) को उपदफा (क) एवं (च) मा अनुसन्धान गर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्