प्याब्सन स्पोर्टस् मीटमा उपाधि विजेता खेलाडी र प्रशिक्षकलाई एभरेष्टको सम्मान

<span class='c1'>प्याब्सन स्पोर्टस् मीटमा उपाधि विजेता</span> <span class='c2'>खेलाडी र प्रशिक्षकलाई एभरेष्टको सम्मान</span>

विराटनगर । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङले आयोजना गरेको ‘प्याब्सन स्पोर्ट्स मीट– २०८२’ मा सहभागि भई उपाधि विजेता खेलाडी विद्यार्थी र प्रशिक्षकलाई एभरेष्ट स्कुलले सम्मान गरेको छ । विराटनगर–५ स्थित एभरेष्ट स्कुलले सोमबार कलेज परिसरमा एक कार्यक्रमको आयोजना गरी जिल्लास्तरीय विभिन्न प्रतियोगितामा सहभागि भई उपाधी जित्ने खेलाडीहरु र खेलका प्रशिक्षकहरुलाई सम्मान गरेको हो ।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले अध्ययन सँगै खेलकुदका क्षेत्रमा पनि उत्कृष्ट प्रदर्शन गरेकोमा विद्यार्थी र प्रशिक्षकलाई बधाई समेत ज्ञापन गरेका थिए । विद्यालय स्तरीय र कलेज स्तरीय भन्दै दुई वटा क्लष्टर बनाइएको प्रतियोगितामा एभरेष्ट स्कुल कलेज तर्फ (कक्षा ११ र १२) जिल्लाकै प्रथम भएको हो । एभरेष्टले ६ वटा स्वर्ण, ३ वटा रजत र ४ वटा कास्य पदक जितेको थियो । त्यस मध्ये कलेज तर्फको स्पर्धामा ५ स्वर्ण, २ रजत र १ कास्य पदक जित्न सफल भएको हो ।

विद्यालय अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलका अनुसार टेबल टेनिस, बास्केटबल, दौड लगायतका स्पर्धामा एभरेष्टका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । विजेता खेलाडीहरुलाई अबिर, खादाले सम्मान गर्दै मेडल र ट्रफी प्रदान गरिएको थियो । प्याब्सनमा आवद्ध विद्यालयहरु मध्ये स्कुल तर्फ (कक्षा १–१०) ६८ विद्यालय र कलेज (कक्षा ११ र १२) तर्फ ३४ वटा विद्यालयले भाग लिएको प्याब्सन मोरङले जनाएको छ । कलेज तर्फ विराटनगरको एभरेष्ट स्कुल प्रथम हुँदा विद्यालयतर्फ मोरङ सुन्दरहरैचाको सिद्धार्थ सेकेन्डरी स्कुल प्रथम भएको थियो । सिद्धार्थले ८ स्वर्ण, ३ रजत र २ वटा कास्य पदक जितेको हो । सिद्धार्थ स्कुलका खेलाडीहरुले एथ्लेटिक्सका विभिन्न स्पर्धामा स्वर्ण पदक जित्न सफल भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्