विराटनगर । नेकपा एमालेको आसन्न एघारौँ महाधिवेशन नजिकिदै गर्दा विभिन्न पदमा आकांक्षीहरु बढदैँ गइरहेका छन् । नेकपा (एमाले) निर्माणको कारखाना मानिएको पार्टीसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट संगठित हुँदै राजनीतिमा लागेका विराटनगरका नेता विनोद ढकाल सचिव पदमा उम्मेदवारी दिने भएका छन् ।
उनको वितग संघर्षपूर्ण छ । वर्तमान भने सबैसँग सहकार्य गरेर बढ्ने साझा भावना । भूमिगतकालमै अनेरास्ववियुको मोरङको जिल्ला अध्यक्षदेखि केन्द्रीय उपाध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरेका ढकालले पार्टी राजनीतिमा पनि छुट्टै पहिचान बनाएका छन् । पार्टी राजनीतिमा पनि ढकालले वडा तहदेखि केन्द्रीय कमिटीको समेत जिम्मेवारी सम्हालिसकेका छन् ।
अखिलबाट बिदा लिएलगत्तै भूगोलको पार्टी काममा होमिएका ढकाल राजनीतिक बैचारिक कार्य अनुभव र संगठनात्मक कार्यसम्पादनको हकमा पनि सबैको नेतृत्व मानिन्छन् । मोरङ जिल्ला कमिटीमा अध्यक्ष, जिल्ला इञ्चार्ज रहँदै दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा फराकिलो मतान्तरसहित निर्वाचित नेता ढकाल कोशी प्रदेशको पहिलो अधिवेशनमा अध्यक्ष पदमा झिनो मतले पराजय भएसँगै राजनीतिक भूमिकाका हिसावले कुनै खासमा थिएनन् ।
पार्टीको खास जिम्मेवारी र भूमिकाबाहिर रहे पनि युवामाझ अत्यन्तै लोकप्रिय ढकालले पार्टीलाई विधिसम्मत् ढंगले सञ्चालन गर्न उपयुक्त वातावरण बनाइरहेका छन् ।लामो समयसम्म पार्टीको कुनै महत्त्वपूर्ण जिम्मेवारी र भूमिकाविहिन बनाइएका नेता ढकाल कोशी प्रदेशको एमालेनिर्देशित र संगठित कामको केन्द्रबिन्दुमा रहने गरेका छन् । प्रदेशका सबै जिल्ला अधिवेशन, पार्टीसम्बद्ध जनसंगठनको अधिवेशन, कार्यक्रममा वा आन्दोलनमा कोशीमा सर्वाधिक खोजिनीधि गरिने नेतामा पर्छन् ।
उनी मोरङमा सबै राजनीतिक दलमा साझा नेताको रुपमा गनिन्छन् । यसैगरी सामाजिक क्षेत्रमा समेत उनको भूमिकालाई अहिलेसम्म आलोचना गरिएको छैन । सबैबीच साझा नेता भएपनि पार्टी भित्रको आन्तरिक राजनीतिक प्रतिस्पर्धामा उनले अवसर नपाउँलान की भन्ने चिन्ता पनि विराटनगरमा देखिएको छ ।