विराटनगर । आसन्न प्रतिनिधिसभा चुनावका लागि मोरङ–६ बाट नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको नाम सिफारिस भएको छ । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले चुनावका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा एकल नाम सिफारिस गरेको हो ।
नेपाली काँग्रेस विराटनगर महानगरपालिका सभापति दिपक चापागाँईका अनुसार नेता कोइरालाको नाम सर्वसम्मत एकल सिफारिस भएको छ । मोरङ ६ मा बुढीगङ्गा गाउँपालिका, सुन्दरहरैचा नगरपालिकाको २–७ वडा र विराटनगर महानगरपालिकाको ४–७, ९, ११ र १२ वडा समेटिएको छ। कोइराला यस अगाडी २०७९ मा समेत निर्वाचित भएका प्रतिनिधि हुन् ।