विराटनगर । कर्तव्य ज्यान मुद्दामा २४ बर्ष कैद सजाय तोकिएका एक कैदीबन्दी विराटनगरमा पक्राउ परेका छन् । गत भदौ २४ गते जेन्जी आन्दोलनमा सुनसरीको झुम्का कारागारबाट फरार २८ बर्षिय पप्पुकुमार यादवलाई रानी भेडियारीमा रहेको अस्थाई प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।
सुनसरी भोक्राहा नरसिंह गाउँपालिका ५ का पप्पु कुमार यादव कर्तव्य ज्यान मुद्धामा २४ बर्ष कैद सजाय तोकी कैद सजाय भोगिरहेका थिए । यसैक्रममा गत भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा झुम्का कारागारबाट फरार थिए ।
सुनसरीमाबाट भागी फरार रहेको निज कैदीलाई भेडीयारीमा रहेको अस्थाई प्रहरी विटका प्रहरी सहायक निरीक्षक धन प्रसाद रिमाको कमाण्डमा खटिएको प्रहरी टोलीले आज दिउसो ३ ः ४० को समयमा ्नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । नियन्त्रणमा रहेका यादवलाई इ.प्र.का रानीमा राखी थप अनुसन्धान कार्य भईरहेको छ ।