उज्यालो नेपाल पार्टीको विराटनगरमा युवाहरूसँग छलफल

<span class='c1'>उज्यालो नेपाल पार्टीको</span> <span class='c2'>विराटनगरमा युवाहरूसँग छलफल</span>

विराटनगर मङ्सिर २५ , 

उज्यालो नेपाल पार्टीले बुधबार विराटनगरमा युवाहरूसँग छलफल कार्यक्रम गरेको छ। विराटनगरको ह्यापी आवर हेभन रेस्टुरेन्टमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रिमा विश्वकर्मा, डा. महेन्द्र लावती तथा इन्जिनियर तेज नारायण यादवले उपस्थित युवाहरूसँग वर्तमान राजनीतिक अवस्था, देशमा देखिएका चुनौतिहरू र उज्यालो नेपाल पार्टीले अघि सारेका लक्ष्यबारे विस्तृत कुराकानी गरे।

कार्यक्रममा युवाहरूले नयाँ पुस्ताले देशका समस्याहरू समाधान गर्न सक्रिय रूपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनीहरूले पुराना राजनीतिक दलहरूको विकल्पका रूपमा उदाएका नयाँ दलहरूले एकजुट भई देशको स्थायी परिवर्तनका लागि काम गर्नुपर्ने सुझाव पनि दिए।

छलफलपछि केन्द्रीय सदस्य रिमा विश्वकर्माले युवाहरूको उत्साह, दृष्टिकोण र सुझावहरूले उज्यालो नेपाल पार्टीलाई थप ऊर्जा मिलेको बताइन्।

उनले युवाहरूले देखाएको विश्वास र प्रेरणाले पार्टीलाई अझ प्रभावकारी रूपमा अघि बढ्न मद्दत गर्ने उल्लेख गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्