विराटनगरको नोबेल मेडिकल कलेजका गौरव सिंह साउद एमबीबीएस मा केयू कै उत्कृष्ठ

<span class='c1'>विराटनगरको नोबेल मेडिकल कलेजका गौरव सिंह</span> <span class='c2'>साउद एमबीबीएस मा केयू कै उत्कृष्ठ</span>

विराटनगर मङ्सिर २५,

काठमाडौं विश्वविद्यालय अन्तर्गतको एम. बी बी. एस. कार्यक्रममा सवै भन्दा उत्कृष्ठ नतिजा ल्याएर नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका गौरव सिंह साउद स्वर्ण पदक विजेता भएका छन् । हिजो मिति २०८२ मंसिर २४ गते सम्पन्न काठमाडौं विश्वविद्यालयको ३१औं दिक्षान्त समारोहमा उनलाई उपकुलति स्वर्ण पदक प्रदान गरिएको हो ।

सन् २०१८ ब्याचका डा. गौरव सिंह साउदले ८५.४७ प्रतिशत सहित काठमाडौं विश्वविद्यालय अन्तर्गतका सवै मेडिकल कलेजहरुमध्ये सवैभन्दा उत्कृष्ठ नतिजा ल्याएका थिए । दिक्षान्त समारोहमा काठमाडौं विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री सम्माननीय सुशिला कार्की तथा उपकुलपति प्रा. डा. अच्युत प्रसाद वाग्लेले उनलाई डिग्री तथा उपकुलपति स्वर्ण पदक प्रदान गर्नु भएको थियो । काठमाडौं विश्वविद्यालयले बार्षिक दुई चरणमा गर्न थालेको दिक्षान्त समारोहमा यो वर्षको पहिलो दिक्षान्त समारोहमा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलबाट एम. डी. एम. एस. तर्फ ७ जना, एम. बी. बी. एस. तर्फ ६६ जना र बी. डी. एस. तर्फ ८ जना दिक्षित भएका छन् । नोबेलमा पहिलो पटक सुरु भएको मास्टर्स इन मेडिकल रिसर्चका ४ जना विद्यार्थीहरु पनि सत् प्रतिशत नतिजासहित दिक्षित भएका छन् ।

यस अघि पनि नोवेलका विद्यार्थीहरुले उत्कृष्ठ नतिजासहित एमबीबीएस. कार्यक्रममा उपकुलपति स्वर्ण पदक हासिल गर्न सफल भई सकेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्