विराटनगरमा अत्याधुनिक पूर्वाधार सहित ५ करोडको लगानीमा ‘विराट स्पोट्र्स जोन’

<span class='c1'>विराटनगरमा अत्याधुनिक पूर्वाधार सहित ५</span> <span class='c2'>करोडको लगानीमा ‘विराट स्पोट्र्स जोन’</span>

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा अत्याधुनिक खेलकुदका पूर्वाधार सहित पाँच करोड रुपैयाँको लगानीमा 'विराट स्पोट्र्स जोन' संचालनमा आउने भएको छ ।
विराटनगर दुधफारम पूर्व करिब ३० कठ्ठा जमिनमा निर्माण गरिएको स्र्पोट जोन यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । प्रदेशको खेलकुद क्षेत्रलाई नयाँ दिशामा अघि बढाउने उद्धेस्य सहित निर्माण गरिएको व्यवस्थापनले बिहीबार स्पोर्ट जोनमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।


स्र्पोट जोनका अध्यक्ष हरि बजगाई, सचिव नवराज काफ्ले, कोषाध्यक्ष राज ढकाल तथा सदस्य अम्बिका अधिकारी, धड्कन कट्टेल र रेखा उप्रेतीको नेतृत्वमा स्पोट्र्स जोनलाई सुरक्षित, सुव्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको खेलकुद केन्द्रका रूपमा विस्तार गर्ने काम अघि बढाइएको छ । विराट स्पोट्र्स जोनको मुख्य आकर्षण अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको छ ।


नेपालकै व्यवस्थित क्रिकेट एकेडेमी र स्टार खेलाडीको प्रशिक्षण

विराट स्पोट्र्स जोनको मुख्य आकर्षणका रूपमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको क्रिकेट एकेडेमी रहेको छ । व्यवस्थापन पक्षका अनुसार यो नेपालकै व्यवस्थित र ठूलो क्रिकेट एकेडेमीमध्ये एक हो ।


एकेडेमीमा प्रशिक्षार्र्थीहरूलाई प्रशिक्षण दिन राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी सिद्धान्त लोहनीसहितको अनुभवी प्रशिक्षक टोली रहेको जनाएको छ । बहु–पिच सुविधा, अत्याधुनिक उपकरण र व्यवस्थित तालिम संरचनासहितको यो एकेडेमीले प्रदेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट प्रतिभा उत्पादनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको विराट स्र्पोट जोनका अध्यक्ष हरि बजगाइले जानकारी दिए ।

पूर्वाञ्चलमै पहिलोपटक ‘गो–कार्ट’ को रोमाञ्च
साहसिक र मनोरञ्जनात्मक खेल रुचाउनेहरूका लागि स्पोट्र्स जोनले पूर्वाञ्चलमै पहिलोपटक ‘गो–कार्ट’ ट्र्याक सञ्चालनमा ल्याउने भएको छ । आधुनिक सुरक्षा मापदण्ड र व्यवस्थित ट्र्याक सहित सुरु हुन लागेको यो सेवाले सबै उमेर समूहका खेलप्रेमीलाई आकर्षित गर्ने विश्वास लिइएको छ ।
स्पोट्र्स जोनमा क्रिकेट र गो–कार्ट बाहेक अन्य विभिन्न खेलहरूको पनि सुविधा उपलब्ध गराइनेछ । यहाँ फुटसल, ‘क्रीकसल’ क्रिकेट र फुटसलको हाइब्रिड, स्केटिङ, ब्याडमिन्टन, पिकल बल र टेबल टेनिस खेल्न सकिनेछ । साथै, फुटबल तथा तेक्वान्दो प्रशिक्षण कार्यक्रम पनि अनुभवी प्रशिक्षकहरूको प्रत्यक्ष निगरानीमा सञ्चालन हुनेछन् ।


सेवाग्राहीलाई सहजता प्रदान गर्न २५ जनाभन्दा बढी कर्मचारी खटाइने व्यवस्थापनले जनाएको छ ।
विराट स्पोट्र्स जोनका अध्यक्ष हरि प्रसाद बजगाईंले खेलकुदलाई सुरक्षित र व्यावसायिक बनाउन खेलाडीहरूको बिमा योजना पनि याल्इएको जानकारी दिए । उनका अनुसार यहाँ प्रशिक्षण लिने प्रत्येक खेलाडीको ५ लाख रुपैयाँ बराबरको जीवन बिमा गरिनेछ ।
एकेडेमीमा भर्ना हुनका लागि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ भने मासिक शुल्क ३ हजार रुपैयाँ तोकिएको अध्यक्ष बजगाईंले बताए ।
खेलकुदसँगै स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्दै स्पोट्र्स जोन परिसरभित्र शाकाहारी क्याफे सञ्चालनमा ल्याइएको छ । खेलमैत्री वातावरण कायम राख्न यस्तो अवधारणा ल्याइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्