विराटनगर मङ्सिर २६,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसमेत ७ जना र २ कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ।
आयोगले उनीहरूविरुद्ध भिजिट भिसा तस्करी गरेर भ्रष्टचार र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा विशेष मुद्दा दर्ता गरेको हो।
भट्टराईको गाउँले बहिनी कविता पौडेल र जग्गा कारोबारीलाई पनि मुद्दा हालिएको छ। अख्तियारले भट्टराई, पौडेल र सुवेदीविरुद्ध ७९ लाख ८० हजार बिगो मागदाबी गरेको छ।
त्यस्तै अख्तियारले अध्यागमन अधिकृत यज्ञराज अर्यालविरुद्ध पनि मुद्दा हालेको छ। अध्यागमन अधिकृत अर्याललाई ८ लाख बिगो कायम गरिएको छ।